♦इस खबर को आगे शेयर जरूर करें ♦

टोक्यो ओलम्पिक: भारतीय बक्सर लवलीना सेमीफाइनलमा, मेडल पक्का

टोक्यो, 30 जुलाई। भारतीय बक्सर लवलीना बोरगोहेनले टोक्यो ओलम्पिकमा देशको निम्ति दोस्रो मेडल सुनिश्चित गरेकी छन्। लवलीनाले 69 किलो वेल्टरवेट क्याटगोरीको सेमीफाइनलमा ठाउॅं पक्का गरेकी छन्। लवलीनाले क्वार्टर फाइनलमा चीनी ताइपेकी निएन चिनलाई 4-1 ले पराजित गरिन्। सेमीफाइनलमा उनको भिडन्त वर्तमान विश्व च्याम्पियन तुर्कीकी बुसेनाज सुरमेनेलीसॅंग हुनेछ।

लवलीनाले पहिलो राउण्ड 3-2 ले आफ्नो नाम गरिन्। पहिलो राउण्डमा दुवै बक्सर निकै फुर्तिलो देखियो। दोस्रो राउण्डमा लवलीनाले विरोधी बक्सरलाई सम्हालिने मौका दिएनन्। उनले दोस्रो राउण्ड 5-0 ले जितिन्। यो राउण्डमा लवलीनाले आक्रामक खेल प्रदर्शन गरेकी थिइन्।
24 वर्षीय लवलीनाले असमको एउटा सानो गाउॅंदेखि ओलम्पिकसम्मको यात्रा तय गरेकी हुन्। लवलीना असमको गोलाघाट जिल्ला अन्तर्गत सरुपथर विधानसभामा पर्ने बरोमुखिया गाउॅं निवासी हुन्।

उनको गाउॅंको जनसंख्या केवल 2 हजार रहेको छ। दुईपल्ट विश्व च्याम्पियनशिपमा पदक हासिल गरिसकेकी लवलीना असमको पहिलो बक्सर हुन् जसले ओलम्पिकको निम्ति क्वालिफाई गरेकी हुन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129