♦इस खबर को आगे शेयर जरूर करें ♦

कोरोना: 276 नयॉं मामिला थपियो, 4 जनाको मृत्यु

गान्तोक, 29 जुलाई। सिक्किममा आज कोरोनाको 276 नयॉं मामिला थपिएको छ भने यो रोगले चारजनाको मृत्यु पनि भएको छ। यसरी नै 90 जना यो रोगबाट निको भएर सामान्य जीवनमा फर्किएका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो 1715 जनाको कोरोना जॉंच गरियो भने 276 जनाको रिपोर्ट पोजिटिभ आयो। यी मध्ये पूर्व जिल्लाबाट 78, पश्चिम जिल्लाबाट 100, दक्षिण जिल्लाबाट 97 र उत्तर जिल्लाबाट 1 सामेल छन्। राज्यमा कोरोना सक्रिय मामिलाको संख्या बढ़ेर 3297 पुगेको छ। गत 24 घण्टामा कोरोना पोजिटिभिटी रेट 16 प्रतिशत रहेको छ।

यो रोगले आज चारजनाको मृत्युसॅंगै राज्यमा मृतकहरूको संख्या 337 पुगेको छ। रिकभरी रेटमा ह्रास आउने क्रम रोकिएको छैन। रिकभरी रेट आज घटेर 85.9 प्रतिशत भएको छ, जुन हिजो 86.5 प्रतिशत थियो। राज्यमा कोरोनाबाट संक्रमित बन्नेहरूको कूल संख्या 26 हजार 132 पुगेको छ भने 22 हजार 229 जना निको भइसकेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129