♦इस खबर को आगे शेयर जरूर करें ♦

भाजपाले बंगालमा राज्यसभा उपचुनाउको निम्ति उम्मेद्वार खड़ा नगर्ने

कोलकाता, 29 जुलाई । पश्चिम बंगालमा आगामी 09 अगस्तमा हुन लागेको राज्यसभाको उपचुनाउको निम्ति तृणमूलका उम्मेद्वार जवाहर सरकार समक्ष भारतीय जनता पार्टीले आफ्नो उम्मेद्वार खड़ा गर्नेछैन। नन्दीग्रामबाट भाजपा विधायक एवं बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले यसको घोषणा गरेका छन्।

उल्लेख्य, भाजपाले पहिले यस सीटमा प्रतिद्वन्दिता गर्ने घोषणा गरेको थियो तर जितको सम्भावना शून्य बराबर भएको देखी अब निर्णय बदली गरेको छ। विधानसभा चुनाउअघि तृणमूल छोड़ेर भाजपामा सामेल हुने दिनेश त्रिवेदीले राजीनामा दिएपछि बंगालबाट राज्यसभाको यो सीट खाली भएको थियो। तृणमूल कांग्रेसले प्रसार भारतीका पूर्व सीईओ जवाहर सरकारलाई उम्मेद्वार बनाएको छ। उनले बुधबार विधानसभा गएर नामांकन पत्र पनि जमा गरिसकेका छन्। आंकड़ाहरूको हिसाबले जवाहर सरकार राज्यसभा जानु तय मानिन्दैछ किनभने यो सीट तृणमूलसित नै थियो। जवाहर सरकार मोदी सरकारको आलोचन मानिन्छन्।

यसैलाई ध्यानमा राखेर मोदी सरकार र भाजपाको धुर विरोधी ममताले राज्यसभाको निम्ति उनलाई नामित गरी ठूलो दाव चलेको बताइँदैछ। तृणमूल उम्मेद्वारको रूपमा आफ्नो नामको घोषणा भएपछि जवाहरले प्रधानमन्त्री नरेन्द्र मोदीको एकनायकत्व र साम्प्रदायिकता विरूद्ध लड़ाई जारी राख्ने भनेका थिए। उनले आफ्नो कार्यकाल समाप्त हुन अगावै प्रसार भारतीको सीईओ पदबाट राजीनामा दिएका थिए किनभने उनले प्रधानमन्त्री नरेन्द्र मोदीको साम्प्रदायिकता, एकनायकत्व र देशव्यापी आर्थिक अव्यवस्थालाई स्वीकार गर्न सकिरहेका थिएनन्। उनले नामांकनलाई यसैले स्वीकार गरिरहेका छन् किनभने यसको माध्यमले उनले मानवाधिकार उल्लङ्घन र साम्प्रदायिकता विरूद्ध लड्न सक्नेछन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले यस सीटबाट वरिष्ठ नेता एवं पूर्व केन्द्रिय मन्त्री यशवन्त सिन्हालाई राज्यसभामा पठाउनसक्ने चर्चा थियो, जो चुनाउअघि पार्टीमा सामेल भएका थिए। सिन्हा बाहेक मुकुल रोयको नाम पनि चर्चामा थियो तर तृणमूलले पूर्व नौकरशाह जवाहर सरकारको नामको घोषणा गरी सबैलाई छक्क पाऱ्यो। यसपछि भाजपाका केही नेताहरूले दाबी गरेका थिए कि राज्यसभाको निम्ति मुकुल रोयमाथि दबाव बनाउनको निम्ति भाजपाले आफ्नो उम्मेद्वार खड़ा गर्नसक्छ। यद्यपि, बिहीबार शुभेन्दु अधिकारीले यसो नगरिने भनी स्पष्ट गरेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129