♦इस खबर को आगे शेयर जरूर करें ♦

पूर्वोत्तरका मुख्यमन्त्रीहरूको बैठक सम्पन्न, मुख्यमन्त्री तामाङ सहभागी बने

गान्तोक, 25 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले मेघालयको राजधानी शिलङमा शनिवार आयोजित उत्तर पूर्व राज्यहरूका मुख्यमन्त्रीहरूको बैठकमा भाग लिएका छन्। बैठकमा केन्द्रिय गृह मन्त्री एवं सहकारी मन्त्री अमित शाह, डोनर र पर्यटन एवं संस्कृति मन्त्री जी.किशन रेड्डीको विशेष उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले भारत सरकारद्वारा विस्तार गरिएका एनईआईआईपीपी र एनईआईडीएस 2018 जस्ता प्रोत्साहन र सब्सिडीहरूसहित केही प्रस्तावहरू राखे, जसकारण सुक्ष्म, मध्यम अनि लगू उपक्रमहरू ल्याउन मद्दत पुगेको बताए। यसले आय, रोजगार, प्रौद्योगिकी, ज्ञान र राजस्वमा सहयोग पुगिरहेको बताउॅंदै यसले स्थानीय उद्यमीहरूमा आत्मविश्वास र उत्साहको भावना जगाउन अनि उत्तर पूर्व क्षेत्रप्रतिको धारणामा परिवर्तन गर्न पनि सहायता गरिरहेको बताए।

हिन्दुस्थान समाचारले उल्लेख गरे अनुसार मुख्यमन्त्रीले गति अब राम्ररी स्थापित भएको महसुस भइरहेको बताए भने दक्षिण पूर्व एशियाई देशहरूबाट अझ धेरै सहयोगीहरू ल्याउने पर्ने सुझाउ पनि राखे। यो पहलले प्रधानमन्त्रीले घोषणा गरेको भारतको लक्ष्य ‘एक्ट इस्ट पोलिसी’ लाई प्राप्त गर्न सकिने र भारत-आसियान निःशुल्क व्यापार सम्झौता र अन्य क्षेत्रीय सहकार्य उपक्रमहरूको फाइदा उठाउन सकिने उनले बताए।

महत्वपूर्ण क्षेत्रहरूबारे बोल्दै मुख्यमन्त्रीले यो क्षेत्रमा पर्यटन, कृषि आधारित उत्पादहरू, पुष्प, बागवानी, बॉंस, जातीय फेशन डिजाइन, नेचुरोपेथी र वेलनेशमा उच्च तुलनात्मक लाभ रहेको पनि अवगत गराए, जसको निम्ति ठोस हस्तक्षेपको आवश्यकता छ। यस सन्दर्भमा उनले होटल उद्योगको 33 प्रतिशत प्रोत्साहनलाई पुनर्स्थापित गर्न आग्रह गरे।

उनले यो महामारीले पूर्वोत्तर क्षेत्रमा चरम डिजिटल संकटलाई प्रकाशमा ल्याइदिएको छ भन्दै गृह मन्त्रीलाई वर्ममान 10 एमबीपीएस इन्टरनेट ब्याण्डविथलाई कम्तिमा पनि 1 जीबीपीएस बनाइदिने आग्रह गरे। उनले राज्यको निम्ति स्वतन्त्र बीएसएनएल सर्कलको पनि माग राखे। यस अतिरिक्त मुख्यमन्त्रीले महामारीको आर्थिक, वाणिज्यिक अनि सामाजिक सांस्कृतिक गतिविधिहरूमाथि प्रभावबारे अध्ययन गर्न मई 2020 मा आर्थिक पुनरुद्धार समिति गठन गर्ने सिक्किम पहिलो राज्य रहेको अवगत गराए। उनले सिक्किमलाई पूर्वी र उत्तर पूर्वी भारतमा शिक्षाको केन्द्र बनाउन लागिपरेको बताउॅंदै पीपीपी मोडमा प्रथम सुभाष चन्द्र बोस यूनिभर्सिटी अफ एक्सीलेन्स स्थापना गरिरहेको पनि बताए।

यसैगरी, मुख्यमन्त्रीले ऐतिहासिक सहकारी मन्त्रालय गठन गरेकोमा सराहना गरे। उनले केन्द्रिय गृह मन्त्री र डोनर मन्त्रीलाई धैयपूर्वक कुरा सुनिदिएकोमा आभार व्यक्त गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदी न उनको टीमलाई पनि सबै विकास सम्बन्धी कार्यहरू र महामारीमा निरन्तर समर्थनको निम्ति धन्यवाद दिए। उनले मेघालयका मुख्यमन्त्री कनराड साङमा र अधिकारीहरूलाई पनि आतिथ्य सत्कारको निम्ति धन्यवाद दिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129