♦इस खबर को आगे शेयर जरूर करें ♦

‘मनका कुरा’ लाई भारतको युवा शक्तिको सुझावले दिशा दिइरहेछ- मोदी

नयाँ दिल्ली, 25 जुलाई। प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मनका कुरा’ कार्यक्रममा आउने अधिकतर सुझाउहरू 35 वर्षका कम आयुका मानिसहरूको हुने गरेको बताएका छन्। प्रधानमन्त्रीले आइतबार मासिक रेडियो कार्यक्रम ‘मनका कुरा’ को 79औं संस्करणमा कार्यक्रम सुनिरहेका युवाहरूको विशेष आभार व्यक्त गरे।

माईगोवको तर्फबाट हालमा भएको अध्ययनको उल्लेख गर्दै उनले भनेका छन्, ‘मनका कुरा’ का श्रोताहरूलाई लिएर भएको अध्ययनमा यो देखियो कि ‘मनका कुरा’ को निम्ति सन्देश र सुझाउ पठाउनेहरूमा लगभग 75 प्रतिशत मानिस 35 वर्षको आयुभन्दा कम हुन्छन् अर्थात् भारतको युवा शक्तिको सुझावले ‘मनका कुरा’ लाई दिशा दिइरहेछ। म यसलाई धेरै राम्रो संकेतको रूपमा हेर्छु। ‘मनका कुरा’ एक यस्तो माध्यम हो जहाँ सकारात्मकता र संवेदनशीलता छ। ‘मनका कुरा’ मा हामी सकारात्मक कुरा गर्छौं, यसको चरित्र सामूहिक छ। सकारात्मक विचारहरू र सुझावहरूको निम्ति भारतका युवाहरूको यो सक्रियताले मलाई आनन्दित तुल्याउँदछ। यसको लागि पनि म खुशी छ कि ‘मनका कुरा’ को माध्यमले मलाई य़ुवाहरूको मनलाई पनि जान्ने अवसर प्राप्त हुन्छ’।

प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईबाट प्राप्त सुझाव नै ‘मनका कुरा’ को असली शक्ति हो। तपाईको सुझाव नै ‘मनका कुरा’ को माध्यमले भारतको विविधतालाई प्रकट गर्दछ, भारतवासीहरूको सेवा र त्यागको सुगन्धलाई चारै दिशामा फैलाउँदछ, हाम्रो मेहनती युवाहरूको नवाचारले सबैलाई प्रेरित गर्दछ। ‘मनका कुरा’ मा तपाईले धेरै प्रकारको सुझाउ पठाउँछन्। हामी सबैमाथि त चर्चा गर्न पाउँदैनौं तर त्यसमध्ये धेरै सुझावहरूलाई म सम्बन्धित विभागहरूलाई अवश्य पठाउछु ताकि त्यसमाथि अघिको काम गर्न सकियोस्’।- हिस


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129