♦इस खबर को आगे शेयर जरूर करें ♦

ओलम्पिक 2032 को मेजबानी ब्रिस्बेनले गर्ने

टोक्यो, 21 जुलाई। अन्तरराष्ट्रिय ओलम्पिक समिति (ओईओसी) ले ब्रिस्बेनलाई 2032 ओलम्पिकको मेजबानको रूपमा चयन गरेको छ। आईओसी सदस्यहरूले बुधबार टोक्योमा 138औं सत्रमा यो फसेला लिए। ट्वीटरमा आईओसी मीडियाले लेखेको छ, ‘2032 ओलम्पियाडको खेलहरूको मेजबानको रूपमा ब्रिस्बेनको चनय गरियो। बधाई’। ओईओसीको कार्यकारी बोर्ड (ईबी) ले जूनमा 2032 ओलम्पिकको मेजबानीको निम्ति ब्रिस्बेनलाई प्रस्तावित गर्ने फसेला गरेको थियो।

ओईओसीले एक आधिकारिक बयानमा भनेको थियो, ‘ओलम्पियाड खेलहरूको निम्ति फ्यूचर होस्ट कमीशनको सिफारिशपछि निर्णय लिइयो। ओईओसी सदस्यले 21 जुलाई 2021 मा टोक्योमा 138औं सत्रमा मतदान गर्नेछन्’। कार्यकारी बोर्डको निर्णय फ्यूचर होस्ट कमीशनको एक रिपोर्टमाथि आधारित थियो, जसले हालका महिनाहरूमा ब्रिस्बेन 2032 परियोजनाको विस्तृत विश्लेषण गरेको छ। कार्यकारी बोर्डको यो सर्वसम्मत निर्णय ब्रिस्बेन 2032, अस्ट्रेलियाई ओलम्पिक समिति र उनीहरूको सहयोगीहरूद्वारा परियोजनाको हरेक पहलूको परीक्षण गर्नको निम्ति वर्षौंमा गरिएको कामको श्रेय हो।

ओलम्पियाड खेलहरूको निम्ति फ्यूचर होस्ट कमीशनका अध्यक्ष क्रिस्टिन क्लस्टर एसेनले भने, ‘हाम्रो आयोगले ब्रिस्बेन 2032 को साथ मिलेर काम गरेको छ ताकि ओलम्पिक र प्यारालम्पिक खेलहरूको निम्ति उनको दृष्टि, अवधारणा र विरासतको योजना शहर र क्षेत्रको निम्ति सामाजिक र आर्थिक विकास योजनाहरूको साथ कसरी संरेखित हुनसक्छ भनी जान्न सकोस्। ओलम्पिक मेजबानहरूको चयनको नयाँ दृष्टिकोणले यस परियोजनालाई दुई तर्फी वार्ताको हिस्साको रूपमा बढ़ाएको छ’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129