♦इस खबर को आगे शेयर जरूर करें ♦

ओलम्पिकमा व्यक्तिगत वर्गका पदक विजेताहरूलाई प्रदान गरिने नगद पुरस्कारमा बढोत्तरी

गान्तोक, 21 जुलाई। ओलम्पिकमा व्यक्तिगतरूपमा स्वर्ण, रजत अनि काश्य पदक जित्ने राज्यका खेलाडीहरूलाई राज्य सरकारको तर्फबाट दिइने प्रोत्साहन राशीमा बढोत्तरी गरिएको छ। प्रत्येक पदकको निम्ति सरकारले पचास लाख रुपियाँ बढाउने कार्य गरेको खेल तथा युवा मामिला विभागका मन्त्री कुङ्गा नीमा लेप्चाले एउटा संवाददाता सम्मेलन मार्फत जानकारी दिएका हुन्। राजधानी गान्तोकको ह्वाईट हलमा आयोजित संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले राज्य सरकारले ओलम्पिकमा स्वर्ण पदक विजेतालाई दुई करोड पचास लाख, रजत पदक विजेतालाई एक करोड पचास लाख अनि काश्य पदक जित्नेलाई एक करोड रुपियाँ प्रोत्साहन राशी दिने सुनिश्चित गरेको जानकारी दिएका छन्।

अर्कोतिर सामुहिक खेलका विजेताहरूलाई प्रदान गरिने राशी भने बढाइएको छैन। मन्त्री लेप्चाका अनुसार सामुहिक खेलाका खेलाडीहरूलाई गोल्ड मेडल ल्याउने टीमका प्रत्येक व्यक्तिलाई 25 लाख रुपियाँ, सिल्वर मेड ल्याउनेलाई 10 लाख रुपियाँ अनि ब्रञ्च मेडल ल्याउनेहरूलाई पाँच लाख रुपियाँ प्रति व्यक्ति दिने नियम यथावत रहेको छ। उपस्थित संवाददाताहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने, यो प्रोत्साहन राशी राज्यका विभिन्न क्षेत्रमा रहेका खेलाडीहरूलाई प्रोत्साहित गराउनको निम्ति सरकारले बढाएको हो। उनले सिक्किमबाट तिरन्दाजको निम्ति ओलम्पिकमा चयनित भएका तरुणदीप राईले देशको निम्ति स्वर्ण पदक अवश्य पनि भित्र्याउऩेछन् भने। उनले तरुणदीप राईको अनुभवलाई हेर्दा देशको नाममा पदक आउने आशा राख्न सकिन्छ पनि भने। मन्त्री लेप्चाले देशलाई प्रतिनिधित्व गर्दै गइरहेका भारतीय खेलाडीहरूलाई शुभकामना दिएका छन्। सम्मेलनलाई विभागीय सचिव राजु बस्नेतले पनि सम्बोधन गरेका थिए।

उल्लेख गरिन्छ, जापानको टोक्यो शहरमा हुनेवाला ओलम्पिक आगामी 23 जुलाई शुक्रवारको दिन देखि शुरु हुनेछ। यो 32औं ओलम्पिक हो। यस वर्ष ओलम्पिकका 500 स्पर्धाहरूमा दुनियाँका 200 भन्दा धेर देसहरूले भाग लिइरहेका छन्। टोक्यो ओलम्पिकको दुनियाँमा यस्तो शहर हो जहाँ दोस्रोपल्ट ओलम्पिक हुँदैछ। यस अघि पनि 1963मा टोक्योमा 18औं ओलम्पिकको आयोजन गरिएको थियो। जानकारी गराइन्छ कि टोक्यो ओलम्पिक साल 2020को 24 जुलाई देखि हुनुपर्ने थियो। कोरोना महामारीको कारण यसलाई अघि सारिएको हो। यसरी नै टोक्यो ओलम्पिकमा भारतले कुल 85वटा पदकीय स्पर्धामा भाग लिनेछ। यसपालि भारतबाट टोक्यो गइरहेको 228 सदस्यीय दलमा 67 पुरुष अनि 52 जना महिला खेलाडी हुनेछन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129