♦इस खबर को आगे शेयर जरूर करें ♦

सञ्जालमा ट्रोल भएपछि आईएएस उपाध्यायले हटाए ‘अद्भुत सिक्किम’को पोस्ट, नेपालको धम्पुसलाई बताएका थिए सिक्किम

गान्तोक, 18 जुलाई। सिक्किम सरकारका अतिरिक्त मुख्यसचिव तथा राज्य शिक्षा विभागका प्रधान सचिव जीपी उपाध्याय हाल आफ्नो ट्वीटलाई लिएर चर्चामा छन्। हुनत केही सालदेखि निरन्तर आफ्नो कार्य ढङ्गलाई लिएर विवादमा परिरहेका आईएएस उपाध्याय आज भने अन्तर्राष्ट्रीय मुद्दालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। उनले नेपालको धम्पुस भेल्लीको एउटा फोटो सार्वजनिक गर्दै ‘अद्भुत सिक्किम’ लेखेका छन्। यसले गर्दा अहिले सामाजिक सञ्जालहरूमा सिक्किम प्रतिको उनको ज्ञानको तुलना गरिँदैछ। यसरी नै उनी शिक्षा विभागको प्रधान सचिव अऩि राज्यका अतिरिक्त मुख्य सचिवजस्तो पदमा रहेर राज्य र विदेशको नक्सामा अन्तर नपाउनुलाई पनि मानिसहरूले जोड़ तोड़ले मजा लिइरहेका छन्। यसै त सिक्किम एउटा शान्त र सुन्दर राज्य हो। चीन, नेपाल र भूटान जस्ता अन्तर्राष्ट्रीय सीमाले घेरिएको एउटा लेण्ड लक राज्यका एक सरकारी उच्च पदस्थ अधिकारीले गलत कुरालाई आफ्नो आधिकारिक प्रोफायलबाट सार्वजनिक गर्नु एउटा सोचनीय विषय रहेको देखिन्छ।

अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायद्वारा पहिले ट्वीट गरिएको फोटो

उल्लेख गरिन्छ, ”धम्पुस नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चल, कास्की जिल्लामा रहेको एउचा गाउँ विकास समितिको नाम हो। यस गाउँमा 620 वटा घर रहेका छन। भनाइ छ पर्यटकहरूले यहाँ पुग्नको निम्ति यहाँ पुग्नको लागि वाहन भन्दा खुट्टाले हिँडेर जानै रुचाउँछन्। नेपाल सूत्रबाट थाहा लागेको अनुसार धम्पुस चलचित्र छायाङ्कनको निम्ति धेरै प्रसिद्ध स्थान हो। धम्पुस पर्यटकीय अनि धार्मिक स्थलले पनि धेरै परिचित छ। यहाँ पुगेका पर्यटकहरू धम्पुसकोट, भुमे मन्दिर, सिद्धवराह मन्दिर, नेवोताल वराह अदिको दर्शन गर्दै यहाँको सुन्दरतालाई आफ्नो क्यामरामा उतार्ने गर्छन्। यसै त धम्पुस पहाडी क्षेत्र भएको कारण यहाँको थाक डाँड़ाबाट प्याराग्लाइडिङमार्फत पर्यटकहरूले आनन्द उठाइरहेको सधैं पाइएको छ। पोखराबाट लगभग 25-26 किलोमीटरको दूरीमा रहेको यस स्थानले विदेशी अनि देशी पर्यटकहरूको मन अवश्य पनि जितेको छ।

उपाध्यायको दोस्रो ट्वीट

सामाजिक सञ्जालमा धेरै ट्रोल भएपछि जीपी उपाध्यायले अर्को ट्वीट गर्दै सिक्किमका केही पर्यटक गन्तव्यहरूको फोटो सार्वजनिक गरेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129