♦इस खबर को आगे शेयर जरूर करें ♦

केन्द्रको अनुमोदनमा गेजिङ र नाम्ची जिल्ला अस्पतालाई वीडीआर ल्याब, उत्तर जिल्लालाई मोबाइल आई-लेब

राज्यका स्वास्थ्य एवं परिवार कल्याण विभागका सचिव तथा प्रमुख निर्देशक डा. पेम्पा टी. भोटियाले राज्यमा चाँडै नै कोविड मास टेस्टिङ शुरु गरिने बताएका छन्। पत्रकारले मुख्यमन्त्रीद्वारा गत 15 जुलाईका दिन आयोजित उच्चस्तरीय बैठकमा दिएको निर्देश मुताबिक कोविड-19को मास टेस्टिङ कहिले देखि गरिन्छ भन्ने प्रश्नको उत्तरमा निर्देशक भोटियाले यसलाई चाँडै शुरु गरिने छ भनि उत्तर दिएका छन्। स्वास्थ्य विभागले मास टेस्टिङ प्रक्रिया पहिले देखिनै शुरु गरिएको हो भन्दै यसलाई अझ अघि बढाउने पनि जानकारी दिए।

उनले आफ्नो सम्बोधनमा दक्षिण सिक्किमको नाम्ची अनि गेजिङ जिल्ला अस्पतालमा वीडीआर ल्याब स्थापित गरिने पनि बताएका छन्। यसो गर्नाले जिल्लाका मानिसहरूलाई टेस्टिङको सुविधा राम्रोसँग उपलब्ध हुने जानकारी दिए। उनले राज्यमा कोविड-19 जाँचको निम्ति मानिसहरूको सहभागितामा कमी आएको कारण संक्रमण दरमा बढोत्तरी भएको पनि जनाए।

दुईवटा जिल्लालाई वीडीआर ल्याब र राज्यमा मोबाइल आई-लेब

राज्यका पश्चिम अनि दक्षिण जिल्ला अस्पतालहरूमा राज्य सरकारले वीडीआर ल्याब स्थापना गर्ने निर्णय लिएको छ। यसबारे जानकारी दिँदै डा. भोटियाले भनेका छन्, सरकारले टाटा मेडिकल अनि डायग्लोस्टिकले आरटीपीसीआर ल्याब स्थापनाको निम्ति सहमत भएपछि सम्बन्धित अधिकारीहरूले नाम्ची अनि गेजिङ जिल्ला अस्पतालको निरिक्षण भ्रमण गर्दै यहाँको स्थिति बारे जायजा लिएको बताए। यहाँ आगामी 6 देखि आठ हप्ता भित्रमा स्थापित गर्न सकिनेछ।

दुवै जिल्ला अस्पतालमा ल्याब शुरु गरिएपछि आम जनताको निःशुल्क जाँच गराइनेछ। यसरी नै सरकारी कर्मचारीले भने जाँचको केही मूल्य तिरेर जचाउनुपर्नेछ, जो उनीहरूले राज्य सरकारसमक्ष आफ्नो लागतको माग उठाउन सक्नेछन्। डा. भोटियाले भने मुताविक राज्यलाई केन्द्र सराकरले मोबाइल परीक्षण प्रयोगशाला (मोबाइल आई-लेब) स्थापनाको निम्ति अनुमोगन गरेको छ, जो उत्तर जिल्लामा प्रोयग गरिने बताइएको छ।

राजधानीका संवाददाताहरूलाई सम्बोधन गर्दै उनले भने राज्यको स्वास्थ्य विभागले कोविड-19को तेस्रो लहरलाई ध्यानमा राख्दै अनुमानित लहरको निम्ति स्वास्थ्य मन्त्रालय भारत सरकारको निर्देश अनुसार नीति निर्धारण गर्दै सरकारलाई पेश गरिने पनि बताए। अर्कोतिर सरकारको कार्य नीतिमाथि राज्यको प्रमुख विपक्षी पार्टी एसडीएफले लगाएका आरोपहरूलाई सम्बोधन गर्दै डा. भोटियाले भने, पहिलो र दोस्रो लहरमा धेरै भिन्नता पाइएको छ। राज्य स्वास्थ्य विभागले काम गरिरहेको छ, अनि यसको निम्ति समय पनि लाग्नेछ। उनले सरकारको कम्जोरी देखाउनु राम्रो हो तर गरेको राम्रो कामलाई सराहना पनि गर्नुपर्छ भनेका छन्।

यसरी नै उनले मानिसहरूलाई यदी कोविडको लक्षण देखापरे अस्पतालमा गएर जँचाउने अनि डाक्टरको परामर्ष अनुरूप दवाई सेवन गर्ने पनि अपील गरे। मनमानि दवाई लिनाले अन्य रोग तथा शारीरिक अस्वस्थ्य भइ मानिसहरूको ज्यान पनि जानसक्नेछ भनेका छन्। डा. पेम्पाले यस्ता मामिलाहरू धेरै देख्नमा पाइएको पनि बताए। उनले अब उसो डाक्टरहरूको परामर्श बिना कसैलाई पनि कोविड-19को दवाई बेच्न नदिइने निर्देश जारी गर्ने पनि जानकारी दिएका छन्।

सिक्किम उच्च न्यायालयको निर्देशमाथि सोधिएको प्रश्नको उत्तरमा उनले जानकारी दिएका छन् कि राज्य सरकारले उच्च न्यायालयको निर्देशलाई ध्यानमा राख्दै बाल रेखदेख केन्द्र, बृद्ध आश्रम, आश्रय गृहहरूजस्ता ठाउँहरूमा भारत सरकारको नीति निर्देश अनुरूप खोप लगाउने कार्य भएको पनि बताए। यसरी नै डा. पेम्पाले टीकाकरणको काम सुचारू रहेको र राज्यमा धेरै प्रतिशत मानिसहरूलाई टीका लगाइ सकेको पनि बताए। उनले तेस्रो लहरमा पहिलो लहरको प्रेक्टिसलाई ध्यानमा राख्दै सरकारले कार्य नीति तयार गरिरहेको पनि जानकारी दिए।

डा. पेम्पा भोटिया (फाइल फोटो)


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129