♦इस खबर को आगे शेयर जरूर करें ♦

राज्यस्तरीय भानु जयन्ति पालन, यस कार्यक्रमले मानव समाजमा एकताको भाव जगाएको छ- राज्यपाल

सरकारले भाषा, संस्कृति आदिलाई बचाउने पहल गरिरहेको छ- मुख्यन्त्री

भानु शालिगमा माल्यार्पण गर्दै मुख्यन्त्री गोले

गान्तोक, 13 जुलाई। राजधानी गान्तोकको भानु उद्यानमा आज राज्यस्तरीय 207औं भानु जयन्ति पालन गरियो। राज्यपाल गङ्गा प्रसादको मुख्य आतिथ्यमा आयोजित कार्यक्रममा राज्यका मुख्यन्त्री प्रेम सिंह तामांग (पीएस गोले) मुख्य अतिथि रहेका थिए। गान्तोक जीरो पोइण्ट स्थित भानु उद्यानमा आयोजित कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यपाल गङ्गा प्रसादले राज्यवासीलाई भानु जयन्तिको शुभकामना व्यक्त गरे।

उनले भने, आजको दिनलाई धेरै महत्वपूर्ण मानिन्छ। यस कार्यक्रमले सम्पूर्ण मानव समाजमा एकताको भावना जगाएको छ। राज्यपालले आदिकवि भानुभक्तलाई श्रद्धाञ्जलि दिँदै राज्यवासीलाई भानुभक्तीय रामायणको अध्ययन गर्ने अनि रामायणमा वर्णित रामको चरित्रलाई अङ्गिकार गर्ने सन्देश दिए।

यसरी नै मुख्यन्त्री प्रेम सिंह तामाङले पनि राज्यवासीलाई भानु जयन्तिको शुभकामना दिएका छन्। उनले कोविड महामारीको कारण भानु जयन्ति भव्यरूपमा पालन गर्न नसकिएको बताए। उनले यस वर्षको भानु पुरस्कार पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीलाई प्रदान गरिने निर्णय गरिएको जनाए। उनले पहिले नै यो पुरस्कार पाउनुपर्ने थियो भन्दै मुख्यन्त्रीले पुरस्कार विजेता भण्डारीलाई बधाई दिए।

पत्रकारद्वारा नेपाली पब्लिक स्कूल साथै सरकारी स्कूलहरूमा नेपाली भाषा पढाउने कुरामा कमी आएको विषयलाई लिएर गरिएको प्रश्नको उत्तरमा मुख्यन्त्रीले भने, कुनै पनि स्कूलहरूमा नेपाली भाषा नपढाउने निर्णय सरकारले लिएको होइन। सरकारले प्रत्येक भाषा, संस्कृतिलाई बचाउने पहल गरिरहेको छ। सरकारी स्कूलहरूमा पनि नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरूलाई अनिवार्य गर्न सरकारले पहल गरिरहेको छ उनले थप भने। यसरी नै मुख्यन्त्री तामाङले प्रत्येक जातिको पारम्परिक पहिरन जोगाउन हप्तामा एकपल्ट पारम्परिक पोषाक लगाउनुपर्ने नोटिफिकेशन पनि जारी गरिसकेको जानकारी दिए।

कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, उपाध्यक्ष साङ्गे लेप्चा, केबिनेट मन्त्रीहरू, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, विधायक, मुख्यन्त्रीका राजनीतिक सचिव, मुख्यन्त्रीका गोपनीय सचिवलगायत विभिन्न विभागका प्रमुख अनि गान्तोक महानगर पालिकका मेयर, उपमेयरलगायत नेपाली साहित्य परिषद सिक्किमका सदस्यहरूको उपस्थिति रहेको थियो। यस अवसरमा सम्पूर्ण अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको शालिगमा माल्यार्पण गरेका थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129