♦इस खबर को आगे शेयर जरूर करें ♦

घलेभाईको कविता : मन फाट्नुको दु:खाइहरु

सपनाहरु देख्नु छैन
सपनाहरुसँग रमाउनु पनि छैन
आजकल मलाई ।

टुक्रिएका सपनाहरु जोडन खोज्दा-खोज्दै
सपनाहरुसँगै टुक्रा-टुक्रा भइसकें
म पनि ।
कति सजिलैसित सजाउन लगायौ
सपनाको ताजमहल
गाउँलेको छोरोलाई ।
कल्पनाको प्यारासुटमा उडान भर्न लगाएर
त्यसैको रङ्गले
पोत्न सम्म लगायौ सपनाको ताजमहल
कुनै रोमाण्टिक कविले कविता सजाएजस्तै ।
भूइँचालोको झट्काले अस्त-व्यस्त भएको
भ्रष्टाचारले सप्रिएको गान्तोक शहर
शिक्षित बेरोजगार युवाहरू कहिले खडा नहुने ।

ए शासक
तिमीलाई के ज्ञात
मन फाटनुको दु:खाइहरु
अनि टुटनुको पीडाहरु ।

अन्धाका बजारमा स्वर्गको वर्णन नगर ।
भोकको बस्तीमा स्वादको चर्चा नगर ।
तिर्खाको भीडमा खोलाको विश्लेषण नगर ।
वियोगी मनको मलामीमाझ
मिलनको महत्त्वको प्रचार नगर ।
बिन्ती ।
कचल्टिएको, कटमेरिएको, रोगी मन लिएर ।
अरुलाई आश देखाएर
त्यसै आशमा अल्झिएको अलिकति श्वासको चिता जलाएर,
आङ सेक्ने बानी लागिसकेछ तिमीलाई ।

कहिलेसम्म कक्रोज ग्याङ्ग भई बाँच्छौ
मान्छेको बस्ती भित्र
बाँचिराख मज्जाले ऐय्यासी गर्दै ।
तिम्रो विचारजस्तो चेप्टो छैन पृथ्वी
शायद भूगोलको अर्थ रटेकै छौ होला
बुनियाँदी शिक्षामा।

कवि : युवराज घलेभाइ,
गान्तोक, सिक्किम

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ। पाठकहरूले गुगल प्ले स्टोर मार्फत sikkim journal मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।

निवेदक- जगन दाहाल 
सञ्चालन प्रमुख-सिक्किम जर्नल
गान्तोक सिक्किम
मो. 8768791978
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129