♦इस खबर को आगे शेयर जरूर करें ♦

एसडीयूएफद्वारा ड्रग नीतिमा सुधारको निम्ति आह्वान

सिक्किम ड्रग यूजर्स फोरम (एसडीयूएफ) ले व्यक्तिगत प्रयोगको निम्ति नशालु पदार्थ प्रयोगकर्ताहरूको अपराधीकरणले राम्रो गर्नुको साटो धेरै नोक्सानी गरिरहेको बताएको छ। यस्तो कार्यवाहीले अप्राकृतिक मृत्युका घटना, स्वास्थ्य संकट, पक्राउ, सामाजिक अनि आर्थिक वहिष्कार तथा परिवारहरूलाई तोड्ने जस्ता घटनाहरू बढिरहेको पनि एसडीयूएफले दाबी गरेको छ। एसडीयूएफले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर ड्रग कानूनहरूका यी पक्षहरूतिर सम्बन्धित निकायको ध्यान आकर्षित गरेको छ।

एसडीयूएफले यसलाई अन्यायपूर्ण र अनुचित ठहर गर्दै यसले समुदायका सदस्यहरूलाई मौलिक मानव अधिकारबाट वंचित राख्ने काम भइरहेको जनाएको छ। आफ्नो व्यक्तिगत प्रयोगको निम्ति सानो मात्रामा नशालु पदार्थको निम्ति समुदायका सदस्यहरूले धेरै विकट परिस्थितिहरूको सामना गर्नु परिरहेको उल्लेख गर्दै यसले उनीहरूमा एचआईभी, भाइरल हेपटाइटिस, टीबी र कोविड-19 को जोखिम पनि बढिरहेको बताइएको छ।

एसडीयूएफले ड्रग प्रोबेशन र अपरा​धीकरण कहिल्यै पनि विज्ञान र तथ्यमा आधारित नरहेर नस्लीय, पूर्वाग्रह र केही समुदायको नियन्त्रणमाथि आधारित रहेको पनि दाबी गरेको छ। सामाजिक न्याय एवं सशक्तिरकण, भारत सरकारले गरेको एउटा सर्वेक्षण अनुसार कुनै पनि प्रतिबन्धित ड्रगको तुलनामा रक्सीको उपयोग अनि दुर्व्यवहारका घटनाहरू अधिक रहेको थाहा लागेको बताएको छ। के रक्सीको उपयोगलाई अपराधीकरण गर्नाले यसको उपयोग अनि रक्सीको उत्पादनलाई नियन्त्रित गर्न सकिन्छ भनी एसडीयूएफले प्रश्न गरेको छ।

एसडीयूएफले राज्य प्रमुखलाई मानव अधिकार सिद्धान्त, प्रमाण र वैज्ञानिकतामाथि आधारित ड्रग नीति सुधारको निम्ति आह्वान गरेको छ।

(हिस)


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129