♦इस खबर को आगे शेयर जरूर करें ♦

चीनमा भेटिएको नयाँ मानव प्रजातिको खप्परले वैज्ञानिकहरू उत्साहित

चिनियाँ वैज्ञानिकहरूले बिलकुलै नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन्।

वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ।

ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा 1,46,000 वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ।

सो खप्पर उत्तर-पूर्वी चीनको हार्बिनमा सन् 1933 मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन्।

सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ।

यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए।

“गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो,” उनले बीबीसी न्यूजलाई भने।

“हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स (आधुनिक मानव) बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।”

अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ।

उनीहरूको विश्लेषणमा यो प्रजाति नीयान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ।

यो प्रजातिलाई उनीहरूले होमो लङ्गी नाम दिएका छन्।

चिनियाँ भाषामा लङ्को अर्थ ड्रागन हुन्छ।

Kai Geng

“हामीले लुप्त भएको एउटा हाँगो भेटेका छौँ,” चिनियाँ वैज्ञानिक सिजुङ् नीले भने।

“यो यति राम्रो अवस्थामा भेटिएको कुरा विश्वासै गर्न सकिने थिएन। यो साँच्चै नै गजबको खोज हो।”

यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ।

ड्रागन म्यानको ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ।

वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन्।

तर सो खप्पर पत्ता लागेको स्थानबाट हटाइएको भएका कारण यसका हतियार वा संस्कृतिका अन्य सामान पत्ता लागेका छैनन्।

यो खप्पर सन् 1933 मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ।

सो समयमा सो सहर जापानीहरूको नियन्त्रणमा रहेको थियो र सो चिनियाँ ज्यामीले यो खप्परको पुरातात्त्विक महत्त्व हुनसक्ने अनुमान गरेर घर लगेर इनारमा हालेका थिए।

सो इनारमा लगभग 80 वर्ष रहेको यो खप्परको बारेमा मृत्युको समयमा उनले परिवारलाई भनेका कारण वैज्ञानिकहरूको हात परेको थियो।

क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक मार्टा मिरोजन लहरले ड्रागन म्यान डेनीसोभन प्रजातिको हुनसक्ने आशङ्का गरेका छन्।

रुसको डेनीसोभा गुफामा भेटिएको 50 देखि 30 हजार वर्ष पुरानो हातको हड्डीको डीएनए परीक्षणबाट डेनीसोभान प्रजाति भेटिएको थियो।

“डेनीसोभान प्राचीन समयको अचम्मको जनसङ्ख्या रहेको थियो। तिब्बतमा भेटिएको चिउँडोको हाड पनि डेनीसोभानको हुनसक्ने देखिएको छ,” लहरले भने।

“अहिले भेटिएको खप्पर र तिब्बतमा भेटिएको चिउँडोको हाड मिल्न सक्ने देखिएको छ। यसको अर्थ हामीले डेनीसोभानको पहिलो अनुहार भेट्न सक्छौँ।”

इजरेलमा भेटिएको अर्को प्रजाति

Avi Levin and Ilan Theiler, Sackler Faculty of Med

हालै मात्र इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रजाति पत्ता लगाएका दाबी गरेका छन्।

राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ।

उत्खनन गरिएका जीवावशेषमा 1,20,000 देखि 1,40 ,00 वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन्।

यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ।

अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन्।

वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई ‘नेशर राम्ला होमो’ प्रकार भनेर नामकरण गरेका छन्।

source: bbc.com


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129