♦इस खबर को आगे शेयर जरूर करें ♦

मुख्यमन्त्रीले शिक्षाका अधिकारीहरूसित उच्चस्तरीय बैठक गरे

मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज सम्मान भवनमा शिक्षा विभागको एक उच्चस्तरीय बैठक आयोजन गरियो। बैठकमा शिक्षा मन्त्री केएन लेप्चा, अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय लगायत अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

बैठकमा मुख्यमन्त्रीले पश्चिम सिक्किमको च्याखुङमा प्रस्तावित सेन्टर अफ एक्सिलेन्सको निर्माण कार्य चॉंड़ै शुरू गर्नुपर्ने र उक्त परियोजनाको निम्ति आवण्टित कोष समयमा उपयोग गर्नुपर्ने बताए। उनले विभागलाई उक्त प्रतिष्ठित परियोजना समयमा पूरा गर्न हर सम्भव प्रयास गर्न निर्देश दिए। शैक्षिक संस्थानहरूलाई पुगेको क्षति विषय बोल्दै उनले अभियान्त्रिकी प्रकोष्ठ र अतिरिक्त मुख्य सचिवलाई प्राकृतिक आपदा कोष जस्ता उपयुक्त क्षेत्रबाट कोषको प्रबन्ध मिलाउन लगाए।

मुख्यमन्त्रीले विभिन्न स्कूलहरूको विकासीय गतिविधि, मरम्मति, नयॉं भवन निर्माण, प्रेक्षागृह निर्माण, खेल मैदान, उन्नयन, फेन्सिङ आदि कार्यहरूको निम्ति बजेटमा प्रावधान राखिएको पनि अवगत गराए। उनले वर्तमान वित्तीय वर्षमा विशेषगरी 100 नयॉं प्राथमिक पाठशालाको मरम्मति कार्य गरिनु पर्ने अभियान्त्रिकी प्रकोष्ठलाई निर्देश दिए। उनले राष्ट्रिय शिक्षा नीति 2020 मा प्राथमिक शिक्षालाई उच्च महत्त्व दिएको विषयलाई ध्यानमा राख्दै 100 वटा प्राथमिक पाठशालाको निर्माण अनि मरम्मति कार्यलाई प्राथमिकता दिनुपर्ने बताए। यसैगरी, मुख्यमन्त्रीले दक्षिण सिक्किमको तार्कुमा सिक्किम राज्य विश्वविद्यालयको निर्माण कार्य शुरू गर्न पनि बल दिए।

शिक्षा विभागद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मुख्यमन्त्री मेधावी योजना अन्तर्गत विद्यार्थीहरूलाई भर्ती गर्न विभाग असम लिङजेमा एउटा आर्दश विद्यालय स्थापित गर्ने प्रक्रियामा छ। यो विद्यालयमा मुख्यमन्त्री मेधावी योजनाको निम्ति चयनित विद्यार्थीहरू पढनेछन्। साथै विद्यालयमा अन्य विद्यार्थीहरूलाई पनि लिइनेछ। यस अतिरिक्त प्रत्येक जिल्लामा चारवटा आदर्श विद्यालय निर्माण गरिने छ भने यसको निम्ति को​ष आवण्टित गरिएको छ।

मुख्यमन्त्रीले सबै परियोजना सम्बन्धी गतिविधिहरू अभियान्त्रिकी प्रकोष्ठको समन्वयमा गरिनुपर्ने निर्देश दिए। यसैगरी उनले रूसा, समग्र शिक्षा, एमडीएम तथा अन्य केन्द्र प्रायोजित योजनाहरूको निम्ति आवण्टित कोष समयमा प्रयोग गर्नुपर्ने बताए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129