♦इस खबर को आगे शेयर जरूर करें ♦

आपातकालको कालो दिनलाई कहिलेपनि बिर्सिन सकिन्न- प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आपातकालको 46औं वार्षिकीमा भारतीय इतिहासको कालो अध्यायको सम्झना गर्दै कांग्रेसमाथि हमला गरेका छन्। आपातकालको कालो दिनलाई कहिले पनि बिर्सिन नसकिने उनले भने। उनले आपातकालको विरोध गरी भारतीय लोकतन्त्रको रक्षा गर्नेहरलाई पनि याद गरे। उल्लेख्य, आजकै दिन 1975 मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपातकालको घोषणा गरेकी थिइन्।

प्रधानमन्त्री मोदीले ट्वीट गरी भनेका छन्, ‘आपातकालको कालो दिनलाई कहिले पनि बिर्सन सकिन्न। आपातकाल अर्थात् 1975 देखि 1977 को अवधिमा संस्थानहरूको व्यवस्थित विनाश देखियो। आउनुहोस्, हामी भारतको लोकतान्त्रिक भावनालाई बलियो बनाउनको निम्ति हर सम्भव प्रयास गर्ने संकल्प लिऔं र हाम्रो संविधानमा निहित मूल्यहरूमा सफल बनौं’। प्रधानमन्त्रीले आपातकाल लगाएर जनताको संवैधानिक अधिकारहरूलाई समाप्त गरेकोमा कांग्रेसमाथि हमला गर्दै लेखेका छन्, ‘यस प्रकार कांग्रेसले हाम्रो लोकतान्त्रिक लोकाचारलाई कुल्च्यो’।

उनले यस अवधिमा आपातकाल विरूद्ध संघर्ष गर्नेहरूलाई याद गर्दै भनेका छन्, ‘हामी ती सबै महानुभावहरूलाई याद गर्छौं, जसले आपातकालको विरोध गरे औं भारतीय लोकतन्त्रको रक्षा गरे’। प्रधानमन्त्रीले आफ्नो ट्वीटर ह्याण्डलमा भारतीय जनता पार्टीको इन्स्टाग्राम पोस्ट पनि शेयर गरेका छन्। जसमा भनिएको छ कि आपातकालको समय कांग्रेसको तर्फबाट लोकतान्त्रिक विचारहरूलाई कुल्चिएको थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129