♦इस खबर को आगे शेयर जरूर करें ♦

बङ्गाल विभाजनको हल्लासँगै क्रामाकपा-ले पहाड़मा उठायो गोर्खाल्याण्डको माग

गान्तोक, 25 जून। गोर्खाहरूको दीर्घकालिन माग छुट्टै राज्य गोर्खाल्याण्डलाई लिएर क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीको एउटा टोलीले पश्चिम बङ्गालका राज्यपाल जगदिप धनखड़लाई धेटेको छ। भाजपा-को बङ्गाल विभाजन मीडिया कोलाहलसँगै पहाड़मा छुट्टे राज्य गोर्खाल्याण्डको माग उठ्ने सम्भावना बढ्दैगएको थियो। सोही सिलसिला अन्तर्गत आज फेरी भारतीय गोर्खाहरूको पुरानो मागलाई लिएर क्रामाकपा-ले आवाज उठाएको बुझिएको छ।

एउटा मीडिया रिपोर्ट अनुसार छुट्टै राज्यको मागलाई लिएर आज क्रामाकपा-का अध्यक्ष तथा पूर्व सांसद आरबी राई अनि पार्टीका केन्द्रिय सदस्य अरूण घतानी लगायत अन्य कन्द्रीय नेतृत्वले राज्यपाल जगदिप धनखडलाई भेटेका हुन्। उनीहरूले गोर्खाहरूको दीर्घकालीन माग छुट्टै राज्य गोर्खाल्याण्डको विषयमा वार्ता गरेको पनि रिपोर्टमा उल्लेख गरिएको छ।

क्रामाकपा टोलीले भारतीय जनता पार्टी (भाजपा)ले साल 2019-को लोकसभा चुनाउ अघि जनतालाई दिएको वचन याद दिलाउँदै साल 2019मा दार्जीलिङ लोकसभा चुनाउको निम्ति तयार गरिएको घोषणा पत्रमा उल्लेख गरिएको पहाड़को स्थायी राजनीतिक समाधान पूरा गर्ने कुरा राज्यपाल समक्ष राखेका छन्। रिपोर्ट अनुसार टोलीले राज्यपाललाई पहाडको राजनीतिक समस्या समाधान नभए पहाडमा भाजपाको अस्तित्व खतरामा हुने प्रबल सम्भावना रहेको राज्यपाललाई अवगत गराएको पनि बताइएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129