♦इस खबर को आगे शेयर जरूर करें ♦

पूर्व सासंद दिल कुमारी भण्डारीलाई भानु पुरस्कार 2021 प्रदान गर्ने निर्णय

पूर्व मुख्यमन्त्री स्व. एनबी भण्डारीको साथमा श्रीमती दिलकुमारी भण्डारी

गान्तोक, 25 जून। नेपाली साहित्य परिषद, सिक्किमले सन् 1985 देखि नेपाली भाषा-साहित्यको दीर्धकालदेखि सेवा पुयाउँदै आइरहेका भाषा-साहित्य सेवीहरूलाई प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा भानु पुरस्कारले विभूषित गर्दै आइरहेको छ। यस सन्दर्भमा प्रतिष्ठित भानु पुरस्कारको महत्व र विशेषतालाई उच्चता प्रदान गर्दै परिषद्ले वर्ष 2013 देखि नयाँ नियमावलीको आधारमा पुरस्कृत व्यक्ति चयन गर्दै आएको छ।

यस सन्दर्भमा वर्ष 2021 को उक्त पुरस्कार प्रदान गर्नका निम्ति परिषद्द्वारा दुई चरणमा गठित सूची समिति र अध्ययन समितिको चयन तथा सिफारिसको आधारमा नेपाली साहित्य परिषद, सिक्किमले वर्ष 2021- को भानु पुरस्कार गान्तोक निवासी बरिष्ठ भाषा-साहित्य सेवी तथा नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराउनमा अमूल्य योगदान पुयाउने भारतीय नेपाली भाषीहरूका आदर्श व्यक्तित्व श्रीमती दिलकुमारी भण्डारी-लाई प्रदान गर्ने निर्णय लिएको छ। यो जानकारी नेपाली साहित्य परिषद सिक्किमले प्रेस विज्ञप्ति मार्फत दिएको हो।

विज्ञप्तिमा उल्लेख गरिएको छ, उक्त प्रतिष्ठित पुरस्कार आदिकविको 207 औं जन्म जयन्ती समारोहको पुनीत उपलक्ष्यमा आगामी 13 जुलाई, 2021-को दिन गान्तोकमा प्रदान गर्ने प्रबन्ध परिषद्ले मिलाइरहेको भए तापनि राज्यमा कोभिड-19 को अवस्था र यस सम्बन्धी सरकारको आचार सहितालाई ध्यानमा राख्दै पुरस्कार अलङ्करण समारोहको उचित मिति तय गरिनेछ। उल्लेख गरिएको छ कि पुरस्कारको रूपमा प्रशस्ति-पत्र,अङ्गवस्त्र र ताम्रपत्रसहित नगद राशि प्रदान गरिने छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129