♦इस खबर को आगे शेयर जरूर करें ♦

18-44 वर्ष उमेर पुगेका दिव्याङ्ग नानीहरूको निम्ति विशेष टीकाकरण अभियान आयोजित

राजधानीको स्यारीस्थित विशेष स्कूलमा आज 18-44 वर्ष उमेर पुगेका दिव्याङ्ग नानीहरूको निम्ति विशेष टीकाकरण अभियान आयोजन गरियो। राज्य सामाजिक न्याय एवं कल्याण विभागद्वारा राज्य स्वास्थ्य विभागको समन्वयमा आयोजन गरिएको टीकाकरण अभियानमा सामाजिक न्याय एवं कल्याण विभाग मन्त्री डा. एमके शर्मा विशेषरूपमा उपस्थित थिए।

मन्त्री शर्माले यो महामारीको समयमा राज्य सरकारले जनताको सुरक्षाको निम्ति विभिन्न कार्यहरूको गरिरहेको अवगत गराउॅंदै यी कार्यहरू दिव्याङ्गहरूको निम्ति पनि सुनिश्चित गरिनु पर्ने बताए जसलाई विशेष समर्थन अनि देखभालको आवश्यकता छ। उनले आज विशेष टीकाकरण अभियान पनि सोही उद्देश्यका साथ आयोजन गरिएको बताए। उनले टीकाकरणको निम्ति वेबसाइटमा पञ्जीकरण गर्नु दिव्याङ्गहरूको निम्ति चुनौतीपूर्ण बन्ने हुनाले राज्य सरकारले स्कूलमा नै विशेष टीकाकरण अभियान आयोजन गरेको स्पष्ट पारे।

यस अवसरमा आयोजित एक संवाददाता सम्मेलनमा डा. शर्माले भारत सरकारद्वारा इन्दिरा गान्धी दिव्याङ्ग राष्ट्रिय पेन्सन योजनामार्फत दिव्याङ्गहरूलाई प्रत्येक महिना पेन्सनको रूपमा प्रदान गरिरहेको तीन सय रूपियॉंमा राज्य सरकारले 17 सय रूपियॉं थपेर प्रदान गर्ने घोषणा गरे। उनले यो राशि राज्य सरकारले विकलांगताको प्रतिशत र उमेरलाई ध्यानमा नराखि सबैलाई समानरूपमा प्रदान गर्ने बताए। यसैगरी, राज्य सरकारले निर्वाह भत्ताको नाम पनि मुख्यमन्त्री राज्य विकलांगता पेन्सन योजना राख्ने निर्णय लिएको उनले जानकारी गराए।

यस अतिरिक्त मन्त्री शर्माले राज्य सरकार अधीनस्थ अस्थायीरूपमा कार्यरत दिव्याङ्ग कर्मचारीहरूलाई सरकारले वाहन भत्ता दिने निर्णय लिएको पनि जानकारी दिए। उनले सरकारप्रति उनीहरूको योगदानको सराहना गर्दै यो पहल गरिएको बताए। घोषणाहरूकै क्रममा मन्त्रीले स्पेस्टिक सोसाइटी स्कूललाई सरकारले सामाजिक न्याय एवं कल्याण विभाग अधीनस्थ ग्रहण गर्ने निर्णय लिएको पनि बताए। उनले स्कूलका शिक्षकहरू र कर्मचारीहरूलाई विभाग अन्तर्गत नियुक्त गरिने थप जानकारी दिए। उनले दिव्याङ्गहरूप्रति मुख्यमन्त्रीको विचारशील दृष्टिकोणको निम्ति आभार व्यक्त गरे।

यस अवसरमा सामाजिक न्याय एवं कल्याण विभागका सचिव छेवाङ ग्याछो, राज्य टीकाकरण अधिकारी श्रीमती फुमजे डेन्जोङ्गपा आदि अधिकारीहरू उपस्थित थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129