♦इस खबर को आगे शेयर जरूर करें ♦

जम्मू-कश्मीरमा आगामी साता सर्वदलीय बैठकको तयारी

जम्मू-कश्मीरको विशेष दर्जा समाप्त गरेको औं त्यसलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गरेको लगभग तीन वर्षपछि छिट्टै नै एक ठूलो राजनीतिक पहल शुरू हुन गईरहेको छ। प्रधानमन्त्री नरेन्र्ो मोदीले आगामी साता राज्यको स्थितिमाथि चर्चाको निम्ति सर्वदलीय बैठक बोलाएको खबर छ। बैठकमा राजनीतिक गतिरोध बाहेक जम्मू कश्मीरलाई पूर्ण राज्यको दर्जा दिने सम्बन्धी विषयहरूमाथि चर्चा हुनसक्छ। बैठकमा जम्मू-कश्मीरमा हुने विधानसभा चुनाउमाथि पनि चर्चा गरिने अनुमान छ।

यसअघि गृह मन्त्री अमित शाहले शुक्रबार गृह मन्त्रालयमा एक उच्चस्तरीय बैठक बोलाए। बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृह सचिव अजय भल्ला, इन्टेलिजेन्स ब्यूरोका निदेशक अरविन्द कुमार, रिसर्च एण्ड एनालिसिस विङ (रा) प्रमुख सामन्त कुमार गोयल, केन्द्रिय रिजर्भ पुलिस बलका महानिदेशक कुलदीप सिंह र जम्मू- कश्मीरका पुलिस महानिदेशक दिलबाग सिंह सामिल भए।

ज्ञात होस्, यसअघि गृह मन्त्रीले जम्मू- कश्मीरका उप राज्यपाल मनोज सिन्हासित पनि चर्चा गरेका थिए। यी दुवै बैठक जम्मू-कश्मीरको निम्ति महत्वपूर्ण बताइँदैछ। राज्यसित जुड़ेका मुद्दाहरूमा भित्रभित्रै यस प्रकारको उच्चस्तरीय बैठकहरू चलिरहेको खबर छ। अब प्रधानमन्त्रीको साथ हुने बैठकको निम्ति सबै दलहरूका नेताहरूलाई सूचना पठाइएको छ। यद्यपि, आधिकारिक रूपमा यसको जानकारी सार्वजनिक गरिएको छैन। राज्यको विशेष दर्जाको समाप्तिपछि त्यहाँ 2018 देखि चुनाउ पनि लम्बित छ। त्यस समय महबूबा मुफ्तीको पार्टी पीडीपी र भाजपाबीच सत्तारूढ़ गठबन्धन भंग भएको थियो।

पछि विपक्षले गुपकार समूह बनाएको थियो र हालमा यस समूहले पनि केन्द्र सरकारसित वार्तामा नरम रबैया अपनाउने संकेत दिएको थियो। ज्ञात होस्, अगस्त 2019 मा केन्द्र सरकारले जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद 370 लाई समाप्त गरेको थियो। यसको साथै राज्यलाई दुई केन्द्रित शासित प्रदेश जम्मू-कश्मीर र लद्दाखमा विभाजित गरेको थियो। तब महबूबा मुफ्ती, फारूक अब्दुल्ला र उमर अब्दुल्ला समेत धेरै ठूला नेताहरूलाई उनीहरूकै घरमा नजरबन्द गरिएको थियो। यद्यपि, अब यी नेताहरू मुक्त भईसकेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129