♦इस खबर को आगे शेयर जरूर करें ♦

राजनीति महत्त्वाकाङ्‌क्षा होइन, जनाकाङ्‌क्षा पूरा गर्ने क्रान्ति हो: चामलिङ

एसडीएफ पार्टीले कोरोना महामारीलाई ध्यानमा राख्दै आज भर्चुअल माध्यमद्वारा 30औं क्रान्ति दिवस पालन गऱ्यो। कार्यक्रममा पार्टीका चारै जिल्लाका पदाधिकारीगण तथा एसडीएफप्रेमीहरू जोड़िएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
30औं क्रान्ति दिवसको उपल्यक्षमा एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले सम्पूर्ण सिक्किमे जनतालाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा क्रान्तिको सान्दर्भिकतामाथि प्रकाश पार्दै एसडीएफ पार्टीले सिक्किम र सिक्किमे जनताको पक्षमा ल्याएको क्रान्तिको महत्त्वलाई बुझाए।
उनले एसडीएफ सरकार आउनअघि राज्यवासीले प्रजातान्त्रिक अधिकारलाई उपभोग गर्न नपाएको तथा जनता शासित बनेर बाँच्न परेको सत्यतालाई साझा गरे। उनले एसडीएफ पार्टीको क्रान्तिको उद्देश्य नै सिक्किममे जनतालाई शान्ति, सम्मान, हक-अधिकार दिनु रहेको तथा सम्पूर्ण सिक्किमे जनता शासक बनेर बाचोस्‌ भन्ने रहेको बताए।
अध्यक्ष चामलिङले आफ्नो सम्बोधनमा 22 जूनका दिन आफू भूमिगत हुनुपरेको विषयलाई अवगत गराउॅंदै आफूले सधैं सिक्किम र सिक्किमे जनता सधैं हाँसून् र सिक्किम सधैं बाँचोस्‌ भनेर राजनीति गरेको बताए। उनले सिक्किमे जनताको पहिचान र मर्यादालाई सम्मानित राख्न, विकसित सिक्किम बनाउनु आफ्नो राजनीतिक कारण रहेको बताए। आफूले सिक्किमको कज्सँग कहिल्यै सम्झौता नगरेको पनि उनले दाबी गरे। यसरी नै उनले सम्पूर्ण युवा वर्गलाई सिक्किम र सिक्किमे समाज, मानव समाज तथा विश्वलाई केही दिएर जाने आग्रह गरे।
उनले भने, ‘राजनीति महत्त्वाकाङ्‌क्षा पूरा गर्ने माध्यम नभएर राजनीति जनाकाङ्‌क्षा पूरा गर्ने क्रान्ति हो। क्रान्ति भनेको सबै अन्धकारलाई मेटाउने, सबै सङ्‌कीर्णतालाई हटाउने, भौतिक र मानसिक विकारहरूलाई धुलिसात गर्ने उज्यालो ज्योति हो, सिक्किमे जनतालाई साँचो बाटो देखाउनु क्रान्ति हो।’ उनले एसडीएफ पार्टीका सहयोद्धाहरूलाई कजका लागि राजनीति गर्न निडर र साहसी बन्ने अपील पनि गरे।
आजको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्षगण केएन राई, जीएम गुरुङ र दाउछो लेप्चाले पनि क्रान्ति दिवसको महत्त्वसँगै पार्टीप्रतिको आफ्नो मन्तव्य राखेका थिए।
फोटो फाइलबाट- पवन चामलिङ

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129