♦इस खबर को आगे शेयर जरूर करें ♦

पश्चिम बंगालका राज्यपाललाई खरसाङ र दार्जीलिङमा देखाइयो कालो झण्डा

पश्चिम बगांलका राज्यपाल जगदीप धनकड आज दार्जीलिङ पहाड़को भ्रमणमा आइपुगेका थिए भने उनलाई खरसाङ र दार्जीलिङमा कालो झण्डा देखाइएको छ। उनी आज दिउँसो 3:22 मिनट बजी खरसाङको मोटर स्ट्याण्टमा आइपुग्दा उनलाई हिल तृणमूल कांग्रेसका कार्यकर्काहरूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए।

राज्यपाल धनखडलाई खरसाङको टुरिस्ट लजमा गार्ड अफ् अनर दिइयो। उनी उक्त ठाउँमा लगभग 40 मिनट बसेर दार्जीलिङको निम्ति प्रस्थान भए। खरसाङ मोटर स्ट्याण्टमा राज्यपालमाथि हिल तृणमूल कांग्रेसका कार्यकर्ताहरूले एउटा राष्ट्रिय राजनैतिक पार्टीको प्रवक्ता जस्तो भएर कार्य गरेको आरोप लगाउँदै कालो झण्डा देखाएर उनको विरूद्ध प्रदर्शन गरेका थिए।

यसरी नै दार्जीलिङको रेलवे स्टेशन परिसरमा पनि गोजमुमो बिमल खेमा र हिल तृणमूल कांग्रेसका कार्यकर्ताहरूले राज्यपाललाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरे। प्रदर्शन गर्नेहरूले राज्यपाल गो ब्याकको नारा पनि लगाएका थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129