♦इस खबर को आगे शेयर जरूर करें ♦

74,583 जनसंख्याको निम्ति बनिँदैछ पाकिम जिल्ला, पाँचवटा निर्वाचन क्षेत्र यसमा शामिल

गान्तोक, 21 जून। पूर्व सिक्किमका पाँचवटा निर्वाचन क्षेत्रहरूको निम्ति वर्तमान पाकिम महकुमालाई जिल्लाको रूपमा परिणत गरिँदैछ। हालै सम्पन्न सिक्किम विधानसभाको बजेट सत्रको दोस्रो दिन राज्यका मुख्यमन्त्री पीएस तामाङले पश्चिम सिक्किमको सोरेङ्ग महकुमा र पाकिम महकुमालाई जिल्लामा परिणत गर्ने घोषणा गरेका थिए। उल्लेखनीय छ, पाकिम अनि सोरेङलाई जिल्लामा परिणत गर्ने माग विगत धेरै वर्षदेखि चलेर आएको हो। यी दुई महकुमालाई जिल्लामा परिणत गर्न गएको विधानसभामा राजनीतिक पार्टीहरूको चुनावी मुद्दा पनि बनेको हो।

आज पाकिमलाई जिल्ला बनाउने विषयलाई लिएर नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्मा र रिनक निर्वाचन क्षेत्रका विधायक विष्णुकुमार खतिवडा (बड़ा)को उपस्थितिमा एक पत्रकार सम्मेलन आयोजित गरिएको थियो। पाकिम जिल्ला प्रबन्धन समितिद्वारा आयोजित यस सम्मेलनलाई सम्बोधन गर्दै विधायक विष्णुकुमार खतिवडाले राज्यका मुख्यमन्त्री पीएस गोलेलाई धन्यवाद दिए। उनले भने, विगत लामो समयको निरन्तर प्रयासले पाकिमलाई न्याय भएको छ। पाकिम परिसरका पाँचवटा निर्वाचन क्षेत्रले पाकिम जिल्लाको रूपमा परिणत भएपछि यसको लाभ लिनेछन्। उनले धेरै पहिलेदेखि पाकिमलाई जिल्ला बनाउने माग उठ्दै आएको हो तर यसलाई लिएर केवल भाषणबाजी भए। भाषणबाजीको क्रम सकिएपछि अब वर्तमान सरकारले यसलाई जिल्लाको रूपमा परिणत गर्ने काम गरेको छ उनले भने।

पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद दुलालले भने, अहिले पाकिम महकुमा छ। तर साल 2022 को अप्रेल महिनासम्ममा यसलाई जिल्लाको रूपमा देख्न पाइनेछ। उनले अघि भनेका छन्, पाकिम जिल्ला बनेपछि नाम्चेबुङ, रिनक, छुजाचेन, नाथाङ माचोङ अनि पश्चिम पाण्डम विधानसभा क्षेत्रको पूर्व पाण्डम पाकिम जिल्लामा समावेश हुनेछ। यसमा रम्फू नगर पञ्चायत अनि सिङताम अस्पताल पाकिम जिल्लामा आउनेछन्। उनले अघि भनेका छन् पाकिम जिल्लाको अधिनमा रम्फू महकुमा, रङ्गेली महकुमा अनि पाकिम महकुमालाई समावेश गरिएको छ। विधायक दुलालले पाकिममा हवाईअड्डा अनि पूर्व सिक्किमको माझिटारमा निर्माण हुने रेलवे स्टेशनको सुविधालाई ध्यानमा राख्दै काम गरिनेछ। उनले पाकिमलाई एउटा मोडल जिल्लाको रूपमा रूपान्तरण गर्ने पनि दाबी गरेका छन्। उनले भनेका छन् पाकिमलाई जिल्लामा परिणत गर्नको निम्ति राज्यसरकारले केही पूर्वाधारहरू निर्माण गरिसकेको छ। कतिपयः कार्यालयहरू किरायमा चल्दैछन् भने कतिपय सरकारी भवनमा चलिरहेका छन्।

यसरी नै सिक्किमको सत्तारूढ एसकेएम पार्टीले पनि पाकिमलाई जिल्ला घोषित गरिएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिएको छ। आज एसकेएम पार्टीका  कार्यकर्ताहरूले पाकिम स्थित एसडीएफ भवनमा पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीलाई धन्यवाद दिएका हुन्।

अर्कोतिर पाकिम नागरिक समाजले पनि मुख्यमन्त्रीलाई धन्यवाद दिएको छ। पाकिमको एउटा होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नागरिक समाजका सदस्यहरूले आफ्नो माग पनि राखेका छन्। उनीहरूले भनेका छन्, राज्यका वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामांग (गोले) पूर्व एसडीएफ पार्टीको सरकारमा खेल मन्त्री हुँदा पाकिमलाई खेल प्राङ्गण प्रदान गर्ने वचन दिएका थिए त्यो अहिलेसम्म हुन सकेको छैन।

अब उनको मुख्यमन्त्री कार्यकालमा यहाँ खेल ग्राउण्डको निर्माण गरिदिने, 300 पलङ्ग धारी अस्पताल निर्माण गरिदिने, कार पार्किङ्ग, सपिङ् प्लाजा निर्माण आदिको पनि माग राखेका छन्। उनीहरूले राज्य सरकारको यस पहलमा नागरिक समाजले पूर्ण रूपमा समर्थन र सहयोग गर्ने पनि बताएका छन्। यस अवसरमा दुवै विधायकले पाकिम बजारको भ्रमण पनि गरे।

उल्लेख गरिन्छ बनिनेवाला पाकिम जिल्लामा केवल 74,583 जनसंख्या छ, जो 2011को जनगणना अनुरूप रहेको छ। जानकारी अनुसार अहिलेसम्ममा एक लाख 20 हजार जनाको जनसंख्याको अनुमान लगाइएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129