♦इस खबर को आगे शेयर जरूर करें ♦

राज्यपाल र मुख्यमन्त्रीको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस पालन

राज्यपाल गंगा प्रसादको उपस्थितिमा आज सातौं अन्तरराष्ट्रिय योग दिवस राजभवनमा मनाइयो। कार्याक्रमको आयोजना क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थान, गान्तोकले गरेको थियो। यस अवसरमा राज्यपालका सचिव राज यादव, क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थान, सिक्किमका निदेशक प्रभारी डा. श्रीप्रकाश, संस्थानका अनुसंधान अधिकारीद्वय डा. एसके साहु र डा. राहुल डी. घुसा, समन्वयक हेमन्त यादव, योग प्रशिक्षक आदि सहभागी बनेका थिए।

कार्यक्रममा डा. राहुल घुसाले सहभागीहरूलाई योग आसनहरू सिखाएका थिए। कार्यक्रममा राज्यपालको बाहुलीद्वारा क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थान, गान्तोकका सदस्यहरूलाई सम्मानित पनि गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

उल्लेख गरिन्छ, अन्तरराष्ट्रिय योग दिवसको निम्ति विचार सबैभन्दा पहिला वर्ष 2014 मा प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र महासभामा आफ्नो सम्बोधनमा राखेका थिए। प्रधानमन्त्रीको यस पहललाई विश्वका 177 देशले समर्थन जनाएको थियो। यसपछि, 21 जूनलाई प्रत्येक वर्ष अन्तरराष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू गरिएको हो।

मुख्यमन्त्री र मन्त्रीहरू अन्तरराष्ट्रिय योग दिवसमा सहभागी बने

योग दिवसमा सहभागी बन्दै मुख्यमन्त्री गोले

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, केबिनेट मन्त्रीहरू र वरिष्ठ अधिकारीहरू सम्मान भवनमा आयोजित एक योग सत्रमा सहभागी बने। योग सत्रको आयोजन स्वास्थ्य विभाग अधीनस्थ सिक्किम राज्य आयुष सोसाइटीले गरेको थियो।

कोरोना महामारीको वैश्विक चिन्तालाई मध्यनजरमा राख्दै यो वर्ष अन्तरराष्ट्रिय योग दिवसको विषय ‘कल्याणको लागि योग’ राखिएको थियो। योग सत्र डा. एस. विनुधा बीएनवाईएस एमडी (योग) को अगुवाईमा आयोजित योग सत्रमा जगन्नाथ निरौला र सुश्री मनिता योग प्रशिक्षक थिए। यस अवधि प्रतिरक्षा प्रणाली बढ़ाउने योग आसनहरू प्रदर्शित गरिएको थियो।

अन्तरराष्ट्रिय योग दिवस प्रत्येक वर्ष पौराणिक भारतीय अभ्यासका लाभहरू विषय वैश्विक जागरूकता फैलाउन मनाउने गरिन्छ, जसद्वारा मन, शरीर अनि आत्माको शान्ति प्राप्त गर्न सकिन्छ। योगले बद्लिॅंदो समयमा मानिसहरूलाई सन्तुलित जीवनशैली कायम राख्न सहयोग गर्दछ। योगको सन्देश मानवजातिको शरीरिक अनि मानसिक कल्याणलाई प्रोत्साहन गर्नु हो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129