♦इस खबर को आगे शेयर जरूर करें ♦

पेट्रोल-डीजल मूल्य वृद्धिः मोदी सरकारले ट्याक्स असूलीमा पीएचडी गऱ्यो- राहुल

कोरोना महामारी र लकडाउनबीच पेट्रोल-डीजलको बढ्दो दरलाई लिएर कांग्रेस सांसद राहुल गान्धी मोदी सरकारमाथि हमलावर रहेका छन्। उनले भनेका छन्, ‘यस विकट परिस्थितिमा मानिसहरूलाई सरकारबाट मद्दत पाउने आशा थियो तर उल्टो सरकारले जनतामाथि ट्याकसको बोझ थप्यो’।

राहुल गान्धीले आइतबार सरकारमाथि कटाक्ष गर्दै ट्वीट गरी भनेका छन्, ‘केन्द्रले ट्याक्स असूलीमा पीएचडी गरेको छ’।उनले आफ्नो यस ट्वीटको साथ एक रिपोर्ट पनि साझा गरेका छन्, जस अनुसार, भारत सरकारलाई आयकबाट 4.69 लाख करोड़ रूपियाँ प्राप्त भयो जबकि निजी कम्पनीहरूले 4.57 लाख करोड़को कोरपोरेट ट्याक्स जमा गरे।

अर्कोतिर, यी दुवैभन्दा बेसी ट्याक्स पेट्रोल-डीजलमाथि एक्साइज ड्यूटी र भ्याटको रूपमा 5.25 लाख करोड़ रूपियाँ जनताले तिरेको छ। यो आंकड़ा केवल दिसम्बर 2020 सम्मको हो, जसमा जनवरीदेखि मार्चको तिमाही सामेल छैन। यही रिपोर्टलाई आधार बनाएर राहुलले मोदी सरकारमाथि हमला गर्दै लेखेका छन्, ‘केन्द्रले ट्याक्स असूलीमा पीएचडी गरेको छ’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129