♦इस खबर को आगे शेयर जरूर करें ♦

नशेड़ीको माफिया विरुद्ध मिरिकवासीले गरे थाना घेराउ, माफियालाई पक्राउ गर्ने अपील

मिरिक ,१९ जुन। मिरिकलाई ड्रग्समुक्त बनाउने उदेश्य राख्दै आज मिरिकका विभिन्न संघ-संस्थाका पदाधिकारी एवं नागरिक समाजले मिरिक थाना घेराउ गर्दै ड्रग्स माफियालाई गिरफ्तार गरि कठोर भन्दा कठोर सजाय दिने माग गरे।

ड्रग्स माफिया विरुद्ध उर्लिएको भीड़

भारी वर्षा बिच मिरिक थाना परिसरमा भिड लागेका आम जनताले बिगत केही दिन अघि मिरिकमा ड्रग्सको ब्यापार तिब्रगतिमा बढीरहेकोे र यसमा निगाले गाउँका केहि युवाहरु सामेल रहेको भिडियो भाइरल भए पछि ड्रग्स खाने अनि ड्रग्सको कारोबार गर्ने ब्यक्ति बिशेषलाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिनु पर्ने माग गरेका छन् ।

प्रभाकर तामाङले आफ्नो निजि अकाउन्टबाट भिडियो भाइरल गरे पछि मिरिक ड्रग्सकाण्ड लिएर उतप्त बनेको छ। मिरिकमा ड्रग्सखोरहरुको बढदो चिन्ताको विषय बनेको छ। प्रत्येक गाउँका हरेक अभिभावक एवं सचेत नागरिकहरुले मिरिकमा बढीरहेको ड्रग्स एवं नशालु पदार्थहरुको बिक्री गर्ने माफियाहरुलाई पक्रि कठोर सजाय दिन सके मात्र मिरिक ड्रग्समुक्त बन्ने धारणा सचेत नागरिकहरुले व्यक्त गरे ।

भीड़लाई नियन्त्रित गर्न तैनात सुरक्षाकर्मी

यता मिरिज थाना प्रभारी सुदिप प्रधानने आम जनता अघि उभिएर ड्रग्स काण्डसित जडित तीन जना युवकहरुलाई गिरफ्तार गरिएको तथा कार्वाही शुरु भई सकेको जानकारी दिए ।थाना प्रभारी प्रधानले मिरिकलाई द्रग्समुक्त बनाउन सबैले सहयोग गर्नु पर्ने आग्रह गरे ।

अर्कोतिर मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिकमा बढदो ड्रग्सको कारोबार एव सेवनकर्ताहरुको संख्यामा वृद्धि हुनु राम्रो लक्षण नरहेको बताउदै कसरी हुन्छ कुनै पनि हालतमा मिरिकलाई बचाउन सबै मिरिकवासी मिलेरकार्य गर्नु पर्ने आवश्यकता माथी जोर दिएका छन् ।

रिपोर्ट- दीप मिलन प्रधान


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129