♦इस खबर को आगे शेयर जरूर करें ♦

निर्माणाधीन सिभोक-रम्फु रेल परियोजना दुर्घटनामा दुई मजदुरको मृत्यु, पाँच घाइते

गान्तोक,18 जून।
निर्माणाधीन सिभोक-रम्फु रेल लाइनको टनलको एक भाग भत्किएपछि हिज राति दुई मजदुरहरूको मृत्यु भएको खबर प्राप्त भएको छ। दुर्घटना हिज राति १०.३० बजे कालेबुङदेखि लगभग २५ किलोमिटर दुरीमा रहेको भालुखोलामा भएको थाहा लागेको छ। दुर्घटना स्थलबाट सात मजदुरहरूको उद्धार गरिएको, जसमा दुइजनाको कालेबुङ जिल्ला अस्पतालमा मृत्यु भएको पुलिसको भनाई छ।

‘दुर्घटनामा पर्ने सबै मजदुरहरू बिहारका हुन् भन्ने थाहा लागेको छ’, कालेबुङ पुलिस सुपरिटेन्डेन्ट हरी कृष्ण पाईले दैनिक समाचारपत्र टेलिग्राफसँग भनेका छन्। रातको १०.३० बजे घटेको बताइएको यस घटना कुन परिस्थीतिमा भयो त्यसबारे विस्तृत रिपोर्ट आउन बाँकी छ।
४४.९८ किलोमिटरको यस रेल राइनको लगभग ८६ प्रतिशत भाग कुल चौधवटा टलनभित्र पर्छ।

सन् २०१८-मा शुरू भएको यस रेल राइन निर्माणको कुल लागत चार हजार करोड रहेको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129