♦इस खबर को आगे शेयर जरूर करें ♦

अन्तर्राष्ट्रिय मानवअधिकार परिषदद्वारा गाउँका बिपन्न परिवारहरुलाई खाद्यान्न प्रदान

रिपोर्ट- दीप मिलन प्रधान

मिरिक, १८ जुन ।मानव सेवानै माधव सेवा हो।मानव मानवको निम्ति काम लाग्नु पर्छ भन्ने उदेश्य राखेर आज अन्तर्राष्ट्रिय मानवअधिकार परिषद दार्जीलिङ जिल्ला बोर्डका अध्यक्ष कृष्ण छेत्री , सचिव- हेमन्ता काफ्ले , अनि कोषाध्यक्ष – अमृत सिञ्चुरी विशेष पहलमा तराईको नक्सलबारी क्षेत्रको देउमुनि बिकासनगर नन्दलाल गाउँका सत्तर जना बिपन्न परिवारहरुलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरियो।

परिषदको कोर कमिटीको निजि पहलमा खाद्यान्नको ब्यवस्था गरिए पछि सेवाको भावना राखेर उक्त गाउँका नागरिकहरुलाई कोर कमिटीका पदाधिकारीहरुको बिशेष उपस्थितिमा सामग्री बितरन गरिएको अध्यक्ष कृष्ण छेत्रीले बताए । कोविड माहमारीको संकटकालिन अवस्थामा गाउँबस्तीका नागरिकहरु खाद्यान्न अभावबाट गुज्रिरहेका छन् ।

यस्तो बेला मानवतालाई जिउदो राख्नु पर्छ।अहिले खाएर भरे के खाउ भन्ने अवस्थामा दैनिक जीवन बिताउन बाध्य ग्रामीण क्षेत्रका अधिकान्श श्रमजिवि मानिसहरुको रोजगार पनि माहमारीले लुटिदिए पछि परिस्थिति बिरक्तलाग्दो बनेको छ। परिषदका महासचिव हेमन्ता काफ्ले अनि कोषाध्यक्ष अमृत सिन्चौरीले यस्तो विकट परिस्थितिमा परिषदले मानवतालाई बचाएर राख्नु पर्छ भन्ने संदेश दिदै वितेको केही समय देखि लगातार गरिब मानिसहरुलाई खाद्य आपूर्ति गर्दै आइरहेका बताएका छन् ।

आगामी दिनहरुमा पनि परिषदले अन्य गाउँबस्तीका गरिब मानिसहरुको निम्ति योजनाबद्द तरिकाले कार्य गर्ने निर्णय लिएका छन् ।प्रबिन विश्वकर्म द्वारा संचालित बितरन कार्यक्रममा परिषदका उपाध्यक्ष पा. भुवन जिम्बा , डा. रिचर्ड सुबेरी , कार्याकारी सदस्य अनिल रोका , अनि कौशिक गुप्ता मुख्यरुपमा उपस्थित थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129