♦इस खबर को आगे शेयर जरूर करें ♦

एनएफ रेलवे मजदूर युनियनद्वारा ब्ल्याक डे पालन

केन्द्रमा रहेको भारतीय जनता पार्टीको सरकारका नीतिहरू विरूद्ध एनएफ रेलवे मजदूर युनियनद्वारा ब्ल्याक डे पालन गरिएको छ। मजदूर यूनियनको सर्वभारतीय स्तरमा रहेको अल इण्डिया रेलवे मेन्स फेडरेशनको आयोजनामा केन्द्र सरकारका नीतिहरू विरुद्ध सर्व भारतीय स्तरमा विरोध जनाइएको छ।

यसकै एउटा अंश रहेको एनएफ रेलवे मजदूर युनियनका 52 वटा शाखाहरूले पनि विरोध जनाउँदै ब्ल्याक डे मनाएको छ। यसै क्रममा खरसाङ-तीनधारे शाखाले पनि विरोध जनाउँदै विभिन्न कार्यक्रमहरू गरेको छ। एनएफ रेलवे मजदूर युनियन खरसाङ तीनधारे शाखाले पनि केन्द्र सरकारका नीतिहरूको विरोध जनाएको छ।

मजदूर युनियनद्वारा केन्द्र सरकारको विरोधमा डीएचआरको सुकना, तीनधारे र खरसाङ क्षेत्रमा व्यापक रुपमा पोस्टरिङ गरेको जानकारी प्राप्त भएको छ। तीनधारेको रेलवे कारखाना परिसर, रेलवे अस्पताल परिसर, स्टेशन परिसर लगायत खरसाङका विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरिएको छ। उक्त विरोधको कार्यक्रममा मजदूर युनियन खरसाङ तीनधारे शाखाका सभापति बिर्खु राई, सचिव सन्तोष विश्वकर्म, खरसाङ शाखाको पासाङ सालाखा, सुग्रीव दर्जीलगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए।

केन्द्र सरकारको विरोधमा गरिएको पोस्टरिङमा सरकारले श्रमिक, जनता र युवा विरोधी कानून ल्याएको आरोप लगाउॅंदै ब्ल्याक डे पालन गरिएको बताइएको छ। मजदुर युनियनले 11 सूत्रीय माग गर्दै पोस्टरिङ गरिएको सभापति बिर्खु राईले जनाएका छन्। उनले कोविड महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारी नियमलाई पालन गर्दै पोस्टरिङ गरिएको बताएका छन्।

उनले केन्द्र सरकारमाथि देशको सबै सरकारी तन्त्रलाई निजीकरण गरेको र प्राइवेट कम्पनीलाई बिक्री गरिसकेको आरोप लगाए। उनले केन्द्र सरकारमाथि श्रमिक विरोधी, किसान विरोधी, युवा विरोधी, जनता विरोधी कानून ल्याएको पनि आरोप लगाएका छन्। उनले केन्द्रको भाजपा सरकारकै नीतिका कारण खरसाङको रेलवे प्रिन्टिङ प्रेस पनि बन्द गरिएको आरोप लगाएका छन्।

सोर्स- राष्ट्रीय समाचार एजेन्सी (एचएस)


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129