♦इस खबर को आगे शेयर जरूर करें ♦

दिल्लीका मुख्यमन्त्रीले 9 अस्पतालहरूमा अक्सीजन प्लान्टको उद्घाटन गरे

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार राजधानीका 9 अस्पतालमा 22 पीएसए अक्सीजन प्लान्टको उद्घाटन गरे। यस अवसरमा केजरीवालले कोविड-19 को तेस्रो लहरको सम्भावना वास्तविक हो र यसको निम्ति दिल्ली सरकारले युद्ध स्तरमा काम गरिरहेको बताए। केजरीवालले भर्चुअल माध्यमले कार्यकर्ताहरूलाई सम्बोधित गर्दै भनेका छन्, ‘आज दिल्लीका 9 अस्पतालमा 22 अक्सीजन प्लान्ट शुरू गरिन्दैछ, जसको पूरा क्षमता 17 टन छ।

यसअघि हामीले 57-57 टनको 3 अक्सीजन स्टोरेज ट्याङ्क शुरू गरेका छौं। यसका साथै 13.5 टनको 2 अक्सीजन प्लान्ट पनि लगाएका छौं’।सम्भावित तेस्रो लहरको खतरालाई लिएर दिल्ली सरकार अक्सीजन प्लान्टको निर्माण गर्नमा अत्यन्तै गम्भीर देखा परिरहेछ। यस कार्यक्रममा मुख्यमन्त्रीले भनेका छन्, ‘अन्य धेरै देशहरूमा तेस्रो लहरको खतरा बढ़ेको छ। भारतमा पनि यस्तो स्थिति बन्न सक्ने सम्भावना व्यक्त गरिन्दैछ। दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सीजनको कमीलाई लिएर भयो। अब उपरान्त यस्तो कुनै समस्या नहोस् यसको निम्ति हामी अक्सीजनको तयारीलाई लिएर अत्यन्तै गम्भीर छौं’।

मुख्यमन्त्रीले यस अवधिमा स्वीकार गरे कि केन्द्र सरकारको तर्फबाट हामीले अक्सीजनमा मद्दत पायौं तर धेरै पल्ट यस्तो समस्या आयो कि दिल्लीमा अक्सीजन ल्याउनको निम्ति हामीसित ट्याङ्कर थिएन। हामीले यस पाली अक्सीजन स्टोरेजदेखि लिएर अक्सीजन ट्याङ्कसम्म सबै व्यवस्था गरिरहेका छौं।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129