♦इस खबर को आगे शेयर जरूर करें ♦

प्रस्तावित अस्पताललाई एसडीएफ सरकारले 2018 मा अनुमोदन गरेको थियो- एसडीएफ

गान्तोक, 10 जूनः नाम्चीमा भएको भाइचुङ भोटियाको पुतला दहन काण्ड पूर्ण रूपले अलोकतान्त्रित तथा रचनात्मक राजनैतिक संस्कार र परम्पराको विरोधी रहेको एसडीएफ पार्टीले बताएको छ। यस घटानाको विरोध गर्दै दोषिलाई पक्राउ गरेर कानुन अनुसार कारबाही गर्नुपर्ने एसडीएफ पार्टीले माग गरेको छ। एसडीएफ पार्टीको प्रचार शाखाका महासचिव कृष्ण खरेलले बिहीवार एउटा प्रेस विज्ञप्ति जारी गरेर सरकारका कुनै पनि नीतिका बारेमा कसैले पनि आफ्नो दृष्टिकोण र विचार राख्नु उसको मौलिक अधिकार रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, सिक्किमे छोरा भाइचुङ भोटिया राज्यको सम्पदा हुन्।

खेलको क्षेत्रमा उनको असाधारण प्रदर्शनलाई ध्यानमा राख्दै पद्मश्री र अर्जुन पुरस्कार जस्ता प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट उनी सम्मानित भइसकेका छन्। राष्ट्रिय स्तरमा मात्र नभएर फुटबलको क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरमा पनि उनले उनले सिक्किमको नाम रोशण गराएका छन्। उनको प्रतिभा र योगदानको सराहना गर्दै तत्कालीन एसडीएफ सरकारले सिक्किम सेवा रत्न पुरस्कार (सर्वोच्च नागरिक पुरस्कार) र सिक्किम राज्य खेलकूद पुरस्कारबाट पनि सम्मानित गरेको थियो। नाम्चीमा निर्माणाधीन स्टेडियमलाई उनको भाइचुङ भोटिया स्टेडियम नाम दिइएको छ। भाइचुङ सिक्किमको गौरव र राष्ट्रिय प्रतिक हुन्।

ANTHYESTI KRIYA

The Anthyesti Kriya of Late Padam Narayan Pradhan who left for his heavenly abode on 25.04.2021 falls on 15.06.2021 (Tuesday)

All relatives, friends and well-wishers are requested to join us in offering prayer for the departed soul at Hotel Chawtara, Deorali Bazar, Gangtok, East Sikkim.

We also express our gratitude to all those who stood by us during our time of bereavement.

Request to strictly follow the COVID 19 protocols.

Man Maya Pradhan (Wife)

Geeta Pradhan  (Elder Daughter) 9593262871

Kanchan Pradhan (Younger Daughter) 7908308536

Mahindra Rai (Son in Law) 9832343176

Anil Pradhan (Son in Law) 9593772014

विज्ञप्तिमा थप भनिएको छ, नाम्चीमा निर्माण गरिने प्रस्तावित सरकारी अस्पताललाई अघिल्लो एसडीएफ सरकारले 2018 मा अनुमोदन गरेको थियो र कार्यान्वयनको लागि टेन्डर पनि भएको थियो। तथापी, पछिबाट नयाँ सरकारले यो टेण्टर रद्द गर्‍यो। पूर्व सरकारले यस परियोजनाको लागि 375 करोड रुपियाँ स्वीकृत दिएको थियो भने वर्तमानमा यसलाई बढ़ाएर 585 करोड रुपियाँ बनाइएको छ। सरकारले परियोजना रकमलाई यति धेरै बढ़ाएर परियोजना अघि लानु ठूलो चिन्ताको विषय हो। यस बाहेक पूर्वमा एसडीएफ सरकारले नाम्चीको नयाँ अस्पताल वर्तमान अस्पताल परिषम रहेको प्रशासनिक ब्लक तथा क्षयरोग प्रभाग भएको स्थानमा नै निर्माण गर्ने प्रस्ताव लिएको थियो। एसडीएफ सरकारको प्रस्ताव वास्तवमा नै बिरामीहरू र आगन्तुकहरूका लागि धेरै सुविधाजनक हुने थियो।

अर्कोतर्फ वर्तमानमा सरकारले नयाँ अस्पताल निर्माणको प्रस्ताव गरेको सार्वजनिक मैदानमा पहिला पशुपालन विभागको जिल्ला कार्यालय थियो। नाम्ची र वरपरका क्षेत्रका जनताले निरन्तर माग गर्दै आएका कारण पछि यसलाई सार्वजनिक खेल मैदानमा रूपान्तरण गरिएको थियो।

सरकारद्वारा जारी लकडाउन प्रोटोकल र निर्देशनहरूको खुल्ला उलङ्घन गर्दै मानिसहरूलाई बजारमा खुल्लमखुल्ला बाहिर आएर पुतला दहनजस्तो गैर कानुनी कार्य गर्ने अनुमति कसरी प्राप्त भयो भन्ने एसडीएफले आस्चार्य व्यक्त गरेको छ। यस विषयमा सरकार मौन रहनु दुर्भाग्यपूर्ण रहेको एसडीएको आरोप छ। सरकार दोषिमाथि कारबाही गर्न असफल रहेको एसडीएफले ठहर गरेको छ। पार्टीले विज्ञप्तिमा भनेको छ, एसडीएफ पार्टी मानिसहरूद्वारा गरिएको गैरकानुनी कार्यको कडा शब्दमा निन्दा गर्दछ र दोषीलाई कानुन बमोजिम कर्बाही गर्ने माग गर्दछ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129