♦इस खबर को आगे शेयर जरूर करें ♦

सिक्किममा थपिए कोरोनाका 535 नयां मामिला

राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागले जारी गरेको रिपोर्टअनुसार राज्यको रिकवरी रेट 71.23 प्रतिशत रहेको छ। राज्यमा आज कोरोनाको 353 वटा नयॉं मामिला थपिएको छ भने तीनजनाको मृत्यु पनि भएको छ। हिजो 3986 जनाको कोविड जॉंच गरिएको थियो, जसमा केवल 353 जनाको रिपोर्ट पोजिटिभ आएको छ। राहतको अर्को विषय के छ भने कोरोनाबाट स्वस्थ हुने मानिसहरूको संख्या पनि बढ्दो छ। आज पनि 262 जना स्वस्थ भएर सामान्य जीवनमा फर्किएका छन्।

नयॉं संक्रमित बन्नेहरूमा पूर्व जिल्लाबाट 177, पश्चिम जिल्लाबाट 104, दक्षिण जिल्लाबाट 65 र उत्तर जिल्लाबाट 7 जना रहेका छन्। यसरी नै कोरोना सक्रिय मामिलाको संख्या 4250 पुगेको छ। कोरोना संक्रमणका कारण ज्यान गुमाउने मानिसहरूको संख्या पनि बढ़ेर 266 पुगेको छ। राज्यमा अहिलेसम्म कोरोनाले संक्रमित बन्ने मानिसहरूको संख्या 16 हजार 518 रहेको छ भने 11 हजार 766 जना स्वस्थ भएका छन्।

उल्लेख गरिन्छ, सिक्किमको कोविड-19 सकारात्मकता दर घटेर 8.85 प्रतिशतमा आइपुगेको छ। केही समयअघि राज्यको सकारात्मकता दर बढ़ेर 32.02 प्रतिशतसम्म पुगेको थियो। सम्भवत: कोरोना संक्रमण रोकथाम अन्तर्गत गरिएको लकडाउनलगायत अन्य पहलहरूका कारण सकारात्मकता दरमा 23.17 प्रतिशतको ह्रास आएको छ। यद्यपि, देशको कोविड-19 सकारात्मकता दरको तुलनामा हेर्नु हो भने सिक्किमको सकारात्मकता दर अझै पनि 2.47 प्रतिशत धेरै रहेको छ। देशको सकारात्मकता दर आज 6.38 प्रतिशत रहेको छ। तरै, पनि यति छोटो अवधिमा 23.17 प्रतिशतको ह्रासलाई उल्लेख्ययोग्य मान्न सकिन्छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129