♦इस खबर को आगे शेयर जरूर करें ♦

एसकेएम सरकारको कार्यकालमा श्रमिकहरू सुरक्षित छैनन्- जेबी दर्नाल

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका प्रवक्ता तथा एसडीएफ श्रमिक मोर्चाका उपाध्यक्ष प्रभारी जेबी दर्नालले एउटा प्रेस विज्ञप्ति जारी गर्दै सत्तासीन एसकेएम सरकारमाथि ठूलो आरोप लगाएका छन्। प्रवक्ता दर्नालले सिक्किममा एसकेएम सरकार गठन भएदेखि यता राज्यका खटिखानेवर्गका श्रमिक तथा मेहनती जनता कोही पनि सुरक्षित छैन। सत्ता चढ्ने ताकमा श्रमिकवर्गलाई ठूला ठूला काम गरिदिने वाचा गर्ने एसकेएम सरकारले श्रमिकवर्गलाई उचित न्याय र सुरक्षा दिन शत-प्रतिशत दिन विफल बनेको छ, भनेका छन्।

आज जारी गरिएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन्,  गत १ जून, २०२१ -को दिन पूर्व सिक्किमस्थित मुलुके तारपीनमा रहेको स्वीस गार्नियर युनिट (दुइ) -मा एउटा दुर्भाग्यपूर्ण र निन्दनीय घटना घटेको छ। उक्त कम्पनीमा कार्यरत एकजना श्रमिकलाई कोरोना पोजिटिभ भएको खबर आएपछि श्रमिकहरू कम्पनी परिसरलाई सेनिटाइज गर्ने मागमा कम्पनी परिसरमा बसेका थिए। कम्पनीले श्रमिकहरूको मागलाई तत्काल पूरा गर्नको सट्टमा स्थानीय लेबर कण्ट्र्याक्टर, सत्तारूढ़ एसकेएम पार्टीका कार्यकर्ताहरू, एसडीएम आदिलाई बोलाएर कामलाई निरन्तरता दिने आदेश दिए ।

त्यसपछि कोरोना सङ्‌क्रमणको भयसँगै काम गर्ने अथवा नर्गने बारे म्यानेजमेण्टसँग वाद-विवाद भइरहेको समयमा रिनाक समष्टिअन्तर्गत गुरूङ गाउँ निवासी हेमन्त थापाकी श्रीमती प्रीति भोटिया, जो यस कम्पनीमा कार्यरत हुनुहुन्छ, उनलाई लेबर कण्ट्र्याक्टर तथा एसकेएम पार्टीका समष्टि स्तरका युवा मोर्चा भाइस कन्भेनर सुकबीर भुजेलले हातपात, कुटपीट गरी बेहोश बनाएको छ। यस घटनाले खटिखाने श्रमिक वर्गमाथि सत्ताको हाँकमा सामन्ती चरित्रले गरिएको घोर अन्याय र अत्याचार हो भनी एसडीएफ पार्टी ठहर गर्दै यसको घोर भर्त्सना जनाउँदछ।

उनले अघि लेखेका छन्,  श्रीमती प्रीति भोटियाले रिनाक प्रहरी चौकीमा २ जूनको दिन एफआईआर दर्ता गरे पनि पुलिस प्रशासनले आजसम्म दोषीलाई पक्राउ गरेको छैन। श्रमिक नारीमाथि हातपाई गरी कुटपीट गर्ने दोषीलाई सम्बन्धित निकायले आजसम्म पक्राउ नगर्नु न्यायसङ्‌गत कुरो भएना। महिला श्रमिकमाथि अन्याय भएको घटना प्रचार-प्रसारमा आउँदा पनि राज्यको श्रमिक विभाग किन मौन छ? नारी श्रमिकमाथि हातपाई र कुटपीट हुँदासम्म श्रमिक विभागकी नारी सचिव किन चुप छन्‌?

सत्तामा पुग्नुका लागि श्रमिक वर्गलाई ठूलठूला वाचा दिएर भोट हत्याउने एसकेएम सरकार आज त्यही श्रमिकलाई अन्याय हुँदा किन बेवास्ता गरिरहेको छ? सत्तारूढ़ दलको श्रमिक मोर्चा कहाँ छ?

श्रमिक कानुनमुताबिक कुनै पनि कम्पनीमा महिला कर्मचारीमाथि हातपाई तथा मोलेस्टेशन भयो भने कम्पनीले जाँच समिति गठन तत्कालै गर्नुपर्छ। जाँच समिति गठन गरी हातपाई भएको महिला श्रमिकलाई कम्पनीले उचित न्याय दिनु म्याण्डेटरी हो। तर आज स्वीस गार्नियर युनिट (दुइ) कम्पनीका व्यवस्थापक के गरिरहेका छन्‌? हाम्री सिक्किमे छोरी श्रीमती प्रीति भोटियालाई न्याय दिलाउनका निम्ति कम्पनीले जाँच समिति गठन गरेर छानबिन प्रक्रिया अविलम्ब शुरू गर्नुपर्ने एसडीएफ पार्टी कम्पनीसमक्ष माग राख्दछ।

राज्य सरकारको श्रमिक विभागले पनि यस काण्डमाथि दृष्टि दिएर श्रमिक महिलामाथि हातपाई, कुटपीट तथा मोलेस्टेशन गर्ने सुकबीर भुजेलको लेबर कण्ट्र्याक्टरको लाइसेन्स खारिज गरिदियाजाओस्‌ भन्ने माग पनि एसडीएफ पार्टी राख्दछ। यसका साथै पुलिस प्रशासनले पनि दोषीलाई अविलम्ब पक्राउ गरी कड़ाभन्दा कड़ा कार्वाही गरोस्‌ भनी एसडीएफ पार्टी माग गर्दछ।

राज्यका सम्पूर्ण श्रमिकवर्गलाई यस सङ्‌कटकालीन घड़ीमा उचित न्याय र सुरक्षित जीवन दिनका निम्ति एसकेएम सरकारले चारवटा आई अर्थात्‌ इन्क्रिमेण्ट, इन्सेण्टिभ, इन्श्योरेन्स र इञ्जेक्सन (भ्याक्सिसन) चाँड़ोभन्दा चाँड़ो उपलब्ध गराउन आवश्यक छ। यसको निदानमा राज्य सरकार प्रतिबद्ध हुनु जरूरी छ। मुख्मन्त्रीका राजनीतिक सचिवले श्रमिक वर्गको हाजिरा डबल गरिने मौखिक बयान दिए पनि आजसम्म नोटिफिकेशन जारी भएको छैन। मौखिक वाचा र घोषणा गरी श्रमिक तथा राज्यका सम्पूर्ण जनतालाई ढाँट्ने काम एकदमै उचित होइन भन्दै राज्य सरकारलाई यस आपातकालमा गम्भीर भएर व्यावहारिक रूपमा काम गर्न एसडीएफ पार्टी सुझाउ पनि दिँदछ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129