♦इस खबर को आगे शेयर जरूर करें ♦

बिमलपन्थी गोजमुमोद्वारा शिक्षाविद् शान्ति प्रधानको घर सेनिटाइज गरियो

पहाड़का नेता तथा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको निर्देशनमा शिक्षाविद् शान्ति प्रधानको घरमा गोजमुमो खरसाङ महकुमा समितिद्वारा सेनिटाइज गरिएको छ। शान्ति प्रधान खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी पूर्व प्रधान अध्यापिका हुन्। विशेष रूपमा गत केही दिनअघि शान्ति प्रधानकी बहिनी कान्ति प्रधानको निधन भएको थियो भने उनी पनि केही अस्वस्थ भएकी थिइन्। गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्देशनमा पार्टीका पदाधिकारीहरू उनका घरमा पुगेर उनीसित भेटघाट गरे र सेनिटाइज पनि गरेका हुन्।

समाचार एजेन्सीको अनुसार उक्त टोलीले शिक्षाविद् शान्ति प्रधानको घर वरिपरि लगायत घरका सबै कोठाहरू सेनिटाइज गरिदिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा गोजमुमो खरसाङ महकुमा समितिद्वारा माक्स र सेनिटाइजरहरू पनि उनलाई प्रदान गरिएको छ। उक्त भेटघाट र सेनिटाइजको कार्यमा गोजमुमो खरसाङको कार्यकारी सभापति बिक्रम तामाङ, सचिव विकास तिरुवा, प्रचार प्रसार सचिव सुजता गुरुङ, सांगठनिक सचिव देबु गुरुङ, हिरा प्रधान लगायत अन्यहरू उपस्थित रहेको जानकारी बिक्रम तामाङले दिएका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129