♦इस खबर को आगे शेयर जरूर करें ♦

असंगठित क्षेत्रका श्रमिकहरूको प्रामाणिक तथ्याङ्क संकलन गरिने

सिक्किम श्रम सुरक्षा अधिनियम, 2005 अन्तर्गत श्रमिकहरूको पञ्जीकरण विषयमाथि आज देउरालीस्थित गान्तोक नगर निगमको सम्मेलन हलमा एउटा समन्वय सभा आयोजन गरियो। मेयर निल बहादुर छेत्रीको अध्यक्षतामा आयोजित उक्त सभामा उपमेयर श्रीमती छिरिङ पाल्देन भोटिया, नगर निगम अन्तर्गत विभिन्न वार्डका पार्षदहरू, श्रम विभागकी सचिव सुश्री नम्रता थापा, नगर निगमका आयुक्त एचके छेत्री, श्रम विभागका अतिरिक्त आयुक्त तथा ग्रामीण विभाग, श्रम विभाग र शहरी प्राथमिक स्वास्थ्य केन्द्रका अधिकारीहरू उपस्थित थिए।

सभा आयोजन गर्नुको मुख्य उद्देश्य राज्यमा असंगठित क्षेत्रका श्रमिकहरूको प्रामाणिक तथ्याङ्कको आवश्यकतामाथि चर्चा गर्नु रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। सभामा असंगठित क्षेत्रका श्रमिकहरूको व्यक्तिगत तथ्याङ्क संकलन, सिक्किम श्रम सुरक्षा अधिनियम, 2005 अन्तर्गत यस्ता श्रमिकहरूको पञ्जीकरण, पञ्जीकरणको निम्ति ठाउॅंको चयन, श्रमिक/भरियाहरूको टीकाकरण र कोविड-19 प्रोटोकलबारे श्रमिकहरूलाई जागरूक गर्ने कार्य तत्काल शुरू गर्नुपर्ने निर्णय लिइएको छ।

विज्ञप्तिमा बताइएअनुसार सिक्किम श्रम सुरक्षा अधिनियम, 2005 अनुसार व्यक्तिगत कामदारहरूमा बजारका भरिया, काठमिस्त्री, राजमिस्त्री, कूड़ा उठाउने, सिरक तोशक बनाउने, प्लम्बर, फिटर, कुक, वेटर, चानावाला, इलेक्ट्रिशियन, चालक (सरकारी चालक बाहेक), गोठाला, घरेलू कामदार, मेकानिक, हजाम, मोची, हकर, छाता बनाउने, स्क्र्याप पेपर र बोतल उठाउने आदि पर्छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129