♦इस खबर को आगे शेयर जरूर करें ♦

एनसीपीसीआरले ट्वीटर विरूद्ध मामिल दर्ता गर्ने निर्देश दियो

टूलकिटलाई लिएर विवादहरूमा फंसेको ट्वीटरमाथि अब राष्ट्रिय बाल अधिकार संरक्षण आयोग (एनसीपीसीआर) ले पनि दिल्ली पुलिसलाई मामिला दर्ता गर्नलाई भनेको छ। एनसीपीसीआरले बाल यौन शोषणसित सम्बन्धित मामिलाहरूमा ट्वीटरबाट जवाफ मागेको थियो, जसलाई ट्वीटरले खारेज गऱ्यो। यसपछि आयोगले दिल्ली पुलिसलाई ट्वीटर विरूद्ध केस दर्ता गर्नलाई भनेको छ। आयोगकी अध्यक्ष प्रियंक कानूनगोले केन्द्र सरकारसित पनि नानीहरूको निम्ति ट्वीटर अकाउन्ट बन्द गर्ने माग गरेकी छन्।

वस्तुतः आयोगले दिल्ली पुलिसलाई पठाएको आफ्नो शिकायतमा भनेको छ, ‘ट्वीटरमा बाल यौन शोषणको केही लिङ्क पाइएको छ। यस बाहेक डार्क वेबमा क्रिएट गरिएको केही लिङ्क पनि ट्वीटरमा देखिएको छ। जब आयोगले यसबारे ट्वीटरसित जवाफ माग्यो तब उसले स्पष्ट भन्यो कि ट्वीटर इण्डिया यस मामिलामा जवाफ दिनसक्दैन। आयोगको जाँचमा ट्वीटर इण्डियाको 99 प्रतिशत शेयर्स ट्वीटरसित रहेको थाहा लागेको छ’।

आयोगले सूचना प्रौद्योगिकी मन्त्रालयलाई अकाउन्ट ट्वीटरबाट हटाइयोस् भनेको छ जसको शायद अहिले नानीहरूले प्रयोग गर्नसक्छन्। आयोगले भनेको छ, ‘जबसम्म ट्वीटरबाट यो जवाफ वा आश्वासन आउँदैन कि बाल यौन शोषणसित जुड़ेको यी लिङ्कहरूको समस्याको समाधान गरिनेछ वा यसबाट नानीहरूलाई कुनै नोकसान पुग्नेछैन तबसम्म यी अकाउन्ट्सहरूलाई हटाइयोस्’।

 

सोर्स (हिस)


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129