♦इस खबर को आगे शेयर जरूर करें ♦

कञ्चनजङ्गगा सेवा ट्रस्टद्वारा अक्सिजन कन्सन्ट्रेटर ब्याङ्कको शुरूवात

कञ्चनजङ्गगा सेवा ट्रस्टले सिक्किम राज्यको निम्ति दुईवटा महत्वपूर्ण पहल अक्सिजन कन्सन्ट्रेटर ब्याङ्कको शुरूवात र कोविड-19 संक्रमित मानिसहरूलाई नि:शुल्क आयुष 64 औषधी वितरण शुरू गरेको छ। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) अधीनस्थ कञ्चनजङ्गगा सेवा ट्रस्टले सेवा भारती र भारत सरकारको आयुष मन्त्रालयको सहकार्यमा यो सेवा कार्य शुरू गरेको हो।

कञ्चनजङ्गगा सेवा ट्रस्टको यस पहलको शुरूवात आज सिक्किमका संघचालक दिनेशचन्द्र नेपालको विशेष उपस्थितिमा गरियो। कञ्चनजङ्गगा सेवा ट्रस्टले शुरू गरेको यस सेवाको लाभ उठाउन ट्रस्टलाई यी फोन नम्बरहरू 891890889, 8597442679, 9635121766 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

कोरोना महामारीले निम्त्याएको भयावह स्थितिबीच भारत सरकारको आयुष मन्त्रालयले होम आइसोलेशनमा बसेका कोविड-19 संक्रमित बिरामीहरूको निम्ति आयुष 64 औषधी नि:शुल्करूपमा वितरण शुरू गरेको छ। कोविड संक्रमित व्यक्तिहरू आयुष मन्त्रालयको यस पहलबाट लाभान्वित बन्न सक्नेछन्। एसिम्प्टोमेटिक हल्का र मध्यम कोविड 19 संक्रमित बिरामीहरूको निम्ति आयुष 64 उपयोगी पाइएको छ र यसलाई आईसीएमआरले पनि स्वीकृति प्रदान गरेको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129