♦इस खबर को आगे शेयर जरूर करें ♦

क्षेत्रमा कोविडको स्थितिबारे जानकारी लिन मन्त्री शर्माले गरे दुई दिने भ्रमण

राज्य कृषि एवं बागवानी तथा आईपीआर विभाग मन्त्री लोकनाथ शर्माले गेजिङ बर्मेक र छेउछाउका निर्वाचन क्षेत्रहरूमा कोविड स्थितिबारे जानकारी लिन दुई दिवसीय भ्रमण गरे। मन्त्रीले आफ्नो भ्रमणको शुरूवात लेगसेप र गेजिङ ओमचुङ जीपीयूबाट गरे जहॉं उनले पञ्चायतहरू र वार्डस्तरीय कोविड प्रबन्धन समितिका सदस्यहरूसित चर्चा गरेका थिए। उनले कोविड प्रबन्धन विषय प्रतिक्रिया लिॅंदै होम आइसोलेशनमा रहेका बिरामीहरूलाई रासन तथा अन्य आवश्यक सामग्रीहरू पनि प्रदान गरे।

आज मन्त्री शर्माले गेजिङ नर्सिङ कलेजमा स्थापित कोविड केयर सेन्टरको भ्रमण गरे जहॉं अहिले नौजना उपचाराधिन छन्। उनले बिरामीहरूको स्वस्थ स्थिति र केन्द्रमा आवश्यक सामग्रीहरूको स्थितिबारे पनि जानकारी लिए। पश्चिम जिल्लाकी मुख्य चिकित्या अधिकारीसॅंग कुराकानी गर्दै मन्त्री शर्माले केन्द्रमा पर्याप्त औषधी र अक्सिजन आपूर्ति सुनिश्चित गर्न निर्देश दिए। उनले कोविड बिरामीहरूको यातायातको निम्ति एम्बुलेन्स र वाहनहरूको व्यवस्था गर्न पनि निर्देश दिए।

मन्त्री शर्माले गेजिङ नगर पञ्चायत कार्यालय भ्रमण गरेर पार्षदहरू, कोविड प्रबन्धन स्वयंसेवक र आशा कार्यकर्ताहरूसित अन्तरक्रिया गरे। उनले फ्रण्टलाइन वरियरहरूलाई फेस मास्क र पीपीई किट्स वितरण गर्दै उनीहरूलाई शहरमा संक्रमण रोकथामको निम्ति गर्न प्रोत्साहन प्रदान गरे। उनले कोविड मृतकहरूको अन्तिम संस्कार अनि निस्वार्थ सेवाको निम्ति नगर पञ्चायतका सफाई कर्मचारीहरूलाई 20 हजार रूपियॉं वित्तीय सहायता प्रदान गरे। मन्त्रीले देन्ताम, पेचरेक, 13 माइल बर्मेक, कलुक, रिन्छेनपोङ र यङसुमको पनि भ्रमण गर्दै कोविड प्रबन्धन टीम, आशा कार्यकर्ताहरू पुलिस कर्मीहय र पीएचसीका चिकित्सक र कर्मचारीहरूलाई भेट गरेका थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129