♦इस खबर को आगे शेयर जरूर करें ♦

मुख्यमन्त्री पीएस तामाङ ‘आजादी का अमृत महोत्सव दांडी मार्च’ मा सहभागी बने

सिक्किमका मुख्यमन्त्री पीएस तामाङ 3 अप्रेलको दिन गुजरातमा आयोजित ‘आजादी का अमृत महोत्सव दांडी मार्च’ मा सहभागी बने। मुख्यमन्त्रीसॅंग केबिनेट मन्त्रीहरू, विधायकहरू, अधिकारीहरू र विद्यार्थीहरू पनि गुजरात गएका थिए। 12 माइल लामो पैदल यात्रा दमनबाट शुरू भएको थियो, जहॉं मुख्यमन्त्रीले स्थानीय मानिसहरूलाई सम्बोधन पनि गरेका थिए।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सिक्किमको टोलीलाई न्यानो स्वागत जनाएकोमा कृतज्ञता प्रकट गर्दै दुई राज्यबीच बलियो सम्बन्ध निर्माणमा बल दिए। उनले राष्ट्र पिता महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महात्मा गान्धीले गरेका नुन करको विरोधको उल्लेख गरे, जसलाई स्वतन्त्रतापूर्व युगको ऐतिहासिक क्षण मानिन्छ।

यात्राको क्रममा मुख्यमन्त्रीलाई स्मृति चिन्ह प्रदान गरियो भने उनले स्थानीय मानिसहरूसित अन्त​रक्रिया पनि गरे। दांडी मार्च नवसारीमा पुगेर समाप्त भयो जहॉं सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा केन्द्रिय जनताति विकास, पर्यटन, वन, महिला एवं बाल कल्याण मन्त्री गणपतसिंह वसावा पनि उपस्थित थिए। सांस्कृतिक कार्यक्रमअन्तर्गत सिक्किम र गुजरातका कलाकारहरूले आफ्नो सांस्कृतिक प्रस्तुति पेश गरेका थिए।

आफ्नो संक्षिप्त सम्बोधनमा मुख्यमन्त्रीले आफुलगायत सिक्किमे टोली यस महत्वपूर्ण अवसरको हिस्सा बन्न पाएकोमा खुशी प्रकट गरे। उनले सिक्किम सानो राज्य भए तापनि राष्ट्रसित हातेमालो गर्दै अगाड़ी बढिरहेको र राष्ट्र निर्माणमा योगदान दिइरहेको बताए। उनले सिक्किम राष्ट्रसित मिलेर काम गरिरहनेछ र प्रधानमन्त्रीको आत्मनिर्भर भारतको आह्वानलाई बढ़ावा दिइरहनेछ भनी बताए। उनले गुजरातमा मानिसहरूलाई सिक्किम भ्रमणमा आउने र राज्यको जीवन्त संस्कृति अनि परम्परा अनुभव गर्न निमन्त्रण गरे।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129