♦इस खबर को आगे शेयर जरूर करें ♦

मानव उत्थान सेवा समितिद्वारा गुड फ्राइडे पालन

शुक्रवार गुड फ्राइडेको पुनित अवसरमा मानव उत्थान सेवा समिति, गान्तोकको दिछेनलिङ शाखाद्वारा एकदिवसीय सत्सङ्ग समारोह आयोजन गरियो। रोङगेक पूर्व सिक्किमको ग्राम प्रशासन केन्द्रमा आयोजित यो एकदिवसीय सत्सङ्ग समारोहमा पूर्व जिल्ला पञ्चायत सदस्य तथा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पञ्चायत प्रकोष्ठका उपाध्यक्ष नोर्जाङ छोपेल मुख्यअतिथिका रूपमा उपस्थित रहेका थिए।

आफ्नो सम्बोधनको क्रममा मुख्यअतिथि नोर्जाङ छोपेलले मानव उत्थान सेवा समितिद्वारा आयोजन गरिने विविध अध्यात्मिक कार्यक्रम र सत्सङग् समारोहले विशेष गरी युवाहरू र बाल बालिकाहरूलाई अनुशासन, आफ्ना अग्रजहरूका आज्ञा पालन, पारिवारिक संस्कारहरू सिकाइने हुनाले यस्ता अध्यात्मिक कार्यक्रमहरूमा नागरिकहरूले सहभागिता जनाउन आवश्यकता रहेको बताए।

यस एकदिवसीय सत्सङ्ग समारोहलाई सम्बोधन गर्दै मानव उत्थान सेवा समितिका साध्वीगण महात्मा ज्ञान बाईजी र महात्मा सिमा बाईजीले मानव जीवनमा सत्सङ्ग श्रवण, मनन र चिन्तन अति आवश्यक रहेको बताए। अध्यात्म ज्ञान प्राप्त गर्ने जिज्ञासा लिएर मानवले आत्म कल्याणको मार्गको खोजी गर्नपर्ने बताउँदै महात्मागणले आत्मज्ञान प्राप्ति पश्चात मात्र मानवले साँचो अर्थमा शान्तिलाई जीवनमा अनुभूति गर्नसक्ने आफ्नो सम्बोधनमा बताए। यो एकदिवसीय सत्सङ्ग समारोहमा स्थानीय पञ्चायत सदस्यगण शङ्कर छेत्री, रिञ्जिङ दोर्जी भोटिया लगायत पूर्व पञ्चायत सदस्यगण, स्थानीय सामाजिक कार्यकर्ताहरू आदिको पनि विशेष उपस्थिती थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129