♦इस खबर को आगे शेयर जरूर करें ♦

बांग्लादेश यात्राः बंगबन्धु शेख मुजीबुर्रहमानलाई प्रधानमन्त्री मोदीले श्रद्धाञ्जलि दिए

ढाका, 27 मार्च। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो बांग्लादेश यात्राको दोस्रो दिन शनिबार बंगबन्धु शेख मुजीबुर्रहमानको समाधि स्थल पुगेर उनलाई श्रद्धाञ्जलि अर्पित गरेका छन्। समाधि परिसरमा प्रधानमन्त्री मोदीले पौधारोपण पनि गरे। यस अवधिमा उनको साथमा बांग्लादेशकी प्रधानमन्त्री शेख हसीना पनि उपस्थित रहिन्। तुङ्गीपारामा स्थित समाधि स्थल परिसरमा राखिएको विजिटर बुकमा प्रधानमन्त्री मोदीले हस्ताक्षर गरे।यसअघि उनले जशोरेश्वरी काली मन्दिरमा पूजा अर्चना गरी दिनको शुरूआत गरे। माँ कालीको दर्शन गरेपछि उनले मन्दिर नजिकै एउटा कम्यूनिटी हलको आवश्यकतामाथि जोड दिएका थिए।

यस अवसरमा प्रधानमन्त्री मोदीले भने, ‘आज मलाई माँ कालीको चरणहरूमा आउने सौभाग्य प्राप्त भएको छ। जब म 2015 मा बांग्लादेश आएको थिए तब मलाई माँ ढाकेश्वरीको चरणहरूमा शीश झुकाउने अवसर प्राप्त भएको थियो। मानव जाति आज कोरोनाको कारण अनेक संकटहरूसित जुझिरहेछ, पूरा मानव जातिलाई यस कोरोना संकटदेखि मुक्ति दिलाउने माँसित प्रार्थना छ’।

दर्शन गरेपछि उनले उक्त स्थानमा एउटा कम्यूनिटी हलको आवश्यकता रहेको बताउँदै भने, ‘भारतले यहाँ यो निर्माण कार्य गर्नेछ। म बांग्लादेश सरकारको आभारी छु कि उसले यस कामको निम्ति हाम्रो साथ शुभकामना प्रकट गरेको छ’। उल्लेख्य, शुक्रबार प्रधानमन्त्री मोदी दुई दिवसीय यात्रामा बांग्लादेश पुगेका थिए। आफ्नो यात्राको पहिलो दिन उनले बांग्लादेशको स्वतन्त्रता संग्राममा मुक्ति वाहिनीका योद्धाहरू र भारतीय शूरवीरहरूको शौर्य-पराक्रम र बलिदानको स्मरण गरेका थिए।

यस अवधिमा नेशनल परेड ग्राउण्डमा आयोजित एक भव्य कार्यक्रमलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले भने, ‘एक अत्याचारी सरकारले आफ्नै मानिसहरूमाथि कसरी अत्याचार गर्छ, यो 1970-71 मा पूरा विश्वले देखेको छ। पाकिस्तानी आकाहरू र सेनाको अत्याचारबाट मुक्ति पाउने चाहना यता (बांग्लादेश) थियो, उतिनै चाहना उता (भारत) पनि थियो’।

उनले बांग्लादेशको मुक्ति संग्राममा भारतीय सेनाको गौरवपूर्ण भूमिकाको उल्लेख गर्दै भने, ‘फील्ड मार्शल मानिक शा, लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोड़ा, लेफ्टिनेन्ट जनरल जैकब, अल्बर्ट इक्का जस्ता अनेक भारतीय सैनिक अधिकारीहरू र जवानहरू छन्, जसले बांग्लादेशको मुक्तिमा योगदान दिएका थिए’। बांग्लादेशको मुक्ति संग्राममा पीएम मोदीले आफ्नो योगदानको पनि उल्लेख गरे। उनले भने, ‘त्यस समय मेरो आयु 20-22 वर्ष थियो तथा मैले सत्याग्रह गरेको थिए। यस सिलसिलामा म जेलपनि गएको थियो। यो मेरो राजनीतिक जीवनको पहिलो आन्दोलन थियो’।

हिन्दुस्थान समाचार


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129