♦इस खबर को आगे शेयर जरूर करें ♦

सिक्किम विधानसभाको एक दिवसीय सत्र आयोजित

गान्तोक, 26 मार्च। सिक्किमका मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले आज आयोजित विधानसभाको एक दिवसीय सत्रमा वित्तीय वर्ष 2020-21 को निम्ति 19988.13 लाख रूपियॉंको तेस्रो अनुपूरक अनुदान माग पेश गरे, जसलाई सदनमा बिना बहस पारित गरियो।

यसैगरी, मुख्यमन्त्रीले वित्तीय वर्ष 2021-22 अन्तर्गत तीन महिनाको निम्ति 232148.06 लाख रूपियॉंको भोट अन अकाउण्ट पेश गरे, जसलाई पनि बिना बहस सदनमा पारित गरियो। राज्यमा प्रस्तावित नगर निकाय चुनावका कारण वित्तीय वर्ष 2021-22 को निम्ति अनुमदान माग र अन्य सम्बन्धित दस्तावेजहरू तयार गर्न समय लाग्ने बताइएको छ। यस कारण आगामी तीन महिना अप्रेलदेखि जून 2021 सम्मको निम्ति भोट अन अकाउण्ट आज सदनमा पेश गरिएको हो। उक्त राशि वेतन, भत्ता तथा यस्तै अन्य विषयहरूको निम्ति उपयोग गरिने छ। यस राशिको प्रयोग नयॉं सामग्री वा अन्य सेवाहरूमा उपयोग गरिने छैन।

यस अतिरिक्त आज सदनमा तीनवटा संशोधन विधेयक पेश गरियो। राज्य शिक्षा विभाग तथा कानून विभागमा मन्त्री केएन लेप्चा ने क्रमश: ‘सिक्किम मणिपाल स्वास्थ्य, चिकित्सा, प्रौद्योगिकीय विज्ञान (संशोधन)​ विधेयक’ र ‘सिक्किम समाज, संघ तथा अन्य स्वैच्छिक संगठन (संशोधन) विधेयक’ पेश गरे, जसलाई बिना बहस पारित गरियो। राज्य शहरी विकास विभाग मन्त्री अरूण उप्रेतीले ‘सिक्किम नगरपालिका (संशोधन)​ विधेयक’ पेश गरे, जसमाथि हल्का बहस भएपछि पारित गरियो।

सत्रको शुरूवातमा विधानसभा अध्यक्ष एलबी दासले कोविड-19 सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै सत्र एक दिन मात्र आयोजन गरिएको जानकारी गराएका थिए। यसैगरी, उनले राज्यमा प्रस्तावित नगर निकाय चुनाउ र आचार संहितका कारण नियमित बजेट सत्र आयोजन गर्न नसकिएको बताए। उनले भोट अन अकाउण्टको निम्ति तत्काल एक दिवसीय सत्र आयोजन गर्नु परेको स्पष्ट पारे।

आज सिक्किम विधानसभाका पूर्व सदस्य स्व.फीटुक छिरिङ भोटियाको निधनमा समवेदना प्रस्ताव पेश गरियो, जसमा मुख्यमन्त्रीलगायत मन्त्री सोनाम लामा र विधायक केएस लेप्चा सहभागी बन्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पित गरे। उनको निधनमा दुई मिनटको मौन धारण पनि गरिएको थियो।

HS


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129