♦इस खबर को आगे शेयर जरूर करें ♦

सिक्किमलाई प्राकृतिक सुटिङ्ग सेटकोरूपमा हेरिँदैछ- पूजा शर्मा

गान्तोक, 25 मार्च। सिक्किम अब फिल्मको सुटिङ सेट बनिने संकेत देखिएको राज्य सरकारको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले बताएकी छन्। गत वर्ष सिक्किममा आयोजित फिल्म फेस्टिभलले सिक्किममा चलचित्र जगतमा धेरै सम्भाव्यताका ढोकाहरू खोलिने संकेत देखाएको उनले दाबी गरेकी छन्। भर्खरै सिक्किमले मोस्ट फिल्म फ्रेन्डली स्टेट अवार्ड प्राप्त गरेको छ। यसै शिलशिलामा चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्मासितको एउटा कुराकानीमा उनले यो उपलब्धि सिक्किमको निम्ति ऐतिहासिक बताएकी छन्।

यो पुरस्कारले सिक्किमेलाई फिल्म क्षेत्रको विकासमा अझ बढी प्रतिबद्धताका साथ काम गर्ने जोश र अवसर दिएको उनले बताएकी छन्। सिक्किममा चलचित्रको विकासका सम्भाव्यतालाई आजसम्म राज्यले मात्र हेरिरहेको थियो तर अब देशले पनि हेर्न थालेको उनी बताउँछिन्। सिक्किममा मुख्यमन्त्री पीएस गोलेको नेतृत्वधीन सरकार गठन भएपछि फिल्म पलिसी 2020 निर्धारण गरिएको उल्लेख गर्दै अध्यक्ष शर्माले राज्यका कलाकारहरूको प्रगति र उत्थानसँगै सरकारले राज्यमा फिल्मको विकासलाई पनि उत्तिकै महत्त्व दिएर नवोन्मेषी योजनाहरू बनाइरहेको दाबी गरिन्।

यसै क्रममा राष्ट्रले सिक्किमलाई मोस्ट फिल्म फ्रेन्ड्ली स्टेटको अवार्डले सम्मानित गरेपछि फिल्म सुटिङकै सन्दर्भमा भने कश्मिरपछि सिक्किमले फिल्म निर्माता र निर्देशकहरूलाई आकर्षित गर्नसक्ने सम्भावना रहेको उनले बताइन्। यस दिशामा चलचित्र विकास बोर्ड र सरकारको प्रयास जारी रहेको बताउँदै अवसरै अवसरले भरिएको यस राज्यमा सरकारले युवाहरूलाई रोजगारका नयाँ ढोका खोलिदिने दिशातर्फ कदम अघि बढाए सिक्किमले कला र साहित्यको क्षेत्रमा वास्तविक समृद्धि हासिल गर्नसक्ने अध्यक्ष शर्माले दाबी गरेकी छन्। यति ठूलो उपलब्धि र प्रतिष्ठा हासिल गरेपछि अब सिक्किमले फिल्म विकासको क्षेत्रमा गम्भीर बन्नुपर्ने समय आएको शर्माले विचार व्यक्त गरेकी छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129