♦इस खबर को आगे शेयर जरूर करें ♦

आगरा: आमा-छोरीको हत्या गर्ने आरोपी पुलिस भिड़न्तमा पक्राउ

आगरा, 09 मार्च। बाह थाना क्षेत्रको कस्बा जरारमा आमा र छोरीको निर्मम हत्या गर्ने आरोपी गाविन्दालाई मंगलबार बिहान बाह बटेश्वर रोडमा पुलिससित भएको भिड़न्तपछि पक्राउ गरिएको छ। खुट्टामा गोली लागेपछि आरोपी घाइते भएको छ। पुलिसले आरोपीलाई हिरासतमा लिएर अस्पतालमा भर्ती गराएको छ।

कस्बा जरारमा सोमबार बिहान आरोपी युवकले धारिलो हतियारले घरमा प्रवेश गरेर 50 वर्षीय आमा र 19 वर्षीय छोरीको हत्या गरिदिएको थियो। यसका साथै अन्य एक महिलालाई पनि आरोपीले आक्रमण गरेर मरणासन्न स्थितिमा छोड़ेर भागेका थिए। यस घटनापछि क्षेत्रमा भयको माहोल उत्पन्न भएको थियो।
पुलिस अधीक्षक वेंकटले बताएअनुसार आरोपी युवक गोविन्दा बिहान बटेश्वरतिर गइरहेका थिए। पुलिसले उसलाई रोक्ने प्रयास गरे, तर उनले पुलिसमाथि नै फाइरिङ। पुलिसले पनि जवाबमा कार्यवाही गर्दै गोली चलायो र आरोपीको खट्टामा गोली लाग्यो। आरोपीबाट पुलिसले अवैध पिस्तोल र मोटर साइकल जफत गरेको छ। – हिस

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129