♦इस खबर को आगे शेयर जरूर करें ♦

नाथाङ-माछोङ समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको समन्वय सभा

गान्तोक, 07 मार्च (हिस)। राज्यका मुख्यमन्त्री पीएस गोलेको निर्देशनअनुसार सिक्किम क्रान्तिकारी मोर्चाको पञ्चायत प्रकोष्ठले आज नाथाङ-माछोङ समष्टिका लागि पाकिमको सामुदायिक भवनमा एउटा समन्वय सभाको आयोजन गऱ्यो। समष्टिका प्रभारी छिरिङ भोटिया सभामा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने सिक्किम सरकारका सल्लाहकार तथा एसकेएम पञ्चायत प्रकोष्ठका उपाध्यक्ष प्रभारी तेञ्जीङ लाम्टा, सल्लाहकार इन्टिङ भोटिया, जेबी बस्नेतलगायत पार्टीका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

सभामा वर्तमान जिल्ला पञ्चायत सदस्यहरू, पञ्चायत सभापतिहरू, सदस्यहरू र पूर्व पञ्चायत प्रतिनिधिहरूले अंशग्रहण गरेका थिए। सभालाई सम्बोधन गर्दै पञ्चायत प्रकोष्ठका उपाध्यक्ष प्रभारी तेञ्जीङ लाम्टाले जिल्ला र ग्राम पञ्चायतका प्रतिनिधिहरू र पूर्व पञ्चायत प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले यो सभा आयोजन गरिएको बताए। उनले सिक्किममा पीएस गोले नेतृत्त्वावधीन एसकेएम सरकार हाल राज्यको सर्वाङ्गीन विकासमा युद्ध स्तरमा लागिपरेको दाबी गर्दै यस समष्टिका सबै पञ्चायत प्रतनिधिहरूले सिक्किमको उन्नति र प्रगतिका निम्ति सँगै हातेमालो गरेर अघि बढ्न आह्वान गरे।
उनले गत वर्ष सिक्किम सरकारद्वारा सिक्किम पञ्चायत संशोधन विधेयक पारित गरेर दलगत चुनाउ हटाएको उल्लेख गर्दै तृणमूल स्तरका जनतालाई स्वतन्त्र र निष्पक्ष भएर आफूले रुचाएको प्रतिनिधि चुन्ने अवसर प्रदान गरेको बताए। सभामा पूर्व पञ्चायत प्रतिनिधिहरू डाम्डी भोटिया, अड़ीबहादुर गुरुङ, पेमछुकी भोटिया र साङ्गे भोटियालाई उनीहरूद्वारा समाजमा पुऱ्याइएको योगदानको मूल्याङ्कन गर्दै अभिनन्दन गरिएको पार्टी प्रचार-प्रसार महासचिव बुम छिरिङ योञ्जनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

 


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129