♦इस खबर को आगे शेयर जरूर करें ♦

कविता- आगो र पानी

जीवन मृत्युको दोसाँधमा
सृष्टि र संसारको तराजु
आगो र पानी ….।
क्रान्तिको विकरालरुप लिएर
संसार भस्म गर्ने उग्र डढेलो
तेरो मनमानी चल्दैन अब
तँ त दारहा नंग्रा फुकालेको बाघजस्तै
लडाइँमा गोली लागेर
आन्द्रा भुँडी छरपस्टिएर भागेको
शत्रुजस्तै अगुल्टोले हानेको कुकुर
बिजुली चम्कँदा तर्सेर भागेजस्तै
विज्ञानले तेरो शक्तिलाई
पानी – पानी बनाएर लखेटेको युग हो यो ।
मरेकोले नपुगेर
कति – कति ज्यूँदा ज्यान डढाइस
कतिको सिउँदोको सिन्दुर डढाइस
तँ कतिको आँसु र हाँसो सुकाइस ।
के थाहा तँलाई कि
तेरो क्रान्तिको अर्थ संहार मात्रै हो
भने पानी जीवन हो
शान्ति चेतना र एकता पनि हो ।
अब त यहाँ प्रत्येक धर्ती
सागर ओकलिसकेको छ
आगो पचाई पानी बनाउने
विज्ञान जन्माईसकेको छ
विनाशकारी तेरो मुखुण्डो फ्याँकी
नाङ्गो बनाएर तेरो अत्याचारको बदला लिँदैछ
तेरो नामको बदनाम प्रत्येक दैलो-दैलोमा पानीदूतले
अब पहरा दिन थालिसकेको छ ।
सधैं तेरो सर्वाङ्गमा
पानी-पानी भरेर तेरो अन्यायको
भण्डाफोर गर्न दमकल आउँदैछ
तेरो प्रत्येक पाइलैपिच्छे
सागर दगुर्नुेेछ
आगोको निमासो पार्नेछ ।
आगो भन्दछ म ठूलो
पानी भन्दछ म ठूलो
आगोको काम भस्म गर्नु हो भने
पानीको काम निभाउनु ।
रण संग्राममा कुश्ती हारयो आगोले
वैशले मात्तिएको राँगोले जस्तै
नआईज आगो तँ पानीसँग
कुश्ती खेल्न आगो र पानीको तराजु
मान्छेको हातमा छ ।
क्रान्तिको अर्थ संहार मात्र होइन
चेतना र एकता पनि त हो
त्यसैले पानीको एकता खोला
नदी र समुन्द्र ।
आगो : रीस
पानी : शान्ति
आगो : संहार
पानी : जीवन
संसाररुपी मैदानमा लाते-भकुण्डोको ” किक “
थाम्न सकेन आगोले अब यसपालि
पानीले गोल गर्नुपर्छ ।
स्वतन्त्र कवि एवम् लेखक : युवराज ‘घलेभाइ’

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129